काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आजपनि सुनुवाई नहुने भएको छ ।
आलमले जमानतका लागि दिएको निवेदन उपर आज सर्वोच्च अदालतमा सुनुवाई हुने भनिएपनि महान्यायाधिवक्ताको कार्यालयको माग बमोजिम सुनुवाई स्थगित गरिएको सर्वोच्च स्रोतले जनाएको छ ।
शुक्रबार सो मुद्दा न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको थियो ।
जिल्ला अदालत र उच्च अदालतले हिरासतमै राखेर मुद्दा चलाउन आदेश गरेको थियो । त्यसविरुद्ध आलमले दायर गरेको रिटमा लामो समयदेखि सुनुवाई हुन सकेको छैन ।