१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली मुलका इटालीयन फुटबलर विकासले च्यासलबाट ‘ए’ डिभिजन लिग खेल्ने



अ+ अ-

काठमाडौं । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग फुटबल खेल्ने भएका छन । 

आज (शुक्रबार)च्यासल युथ क्लबले पत्रकार सम्मेलन गरेर इटालीमा व्यवसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासले क्लबमा अनुबन्ध गरेको जानकारी गराएको हो । सम्झौता भएसँगै युवा स्ट्राइकर विकासले च्यासल क्लबको जसीमा ए डिभिजन लिग खेल्ने भएका हुन । विकासले च्यासलसँग एक वर्षको लागि सम्झौता गरेका हुन ।

नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट आयोजना हुँदै छ । च्यासलले विदेशी खेलाडीको रुपमा विकासलाई अनुबन्ध  गरेको हो । विकासले च्यासलबाट खेल्दा १० नम्बरको जर्सी लगाउने छन् । च्यासलमा अनुबन्ध भएका विकासले क्लबसँगको वातावरणले फुटबल खेल्न प्रेरित भएको बताए ।

 १८ वर्षिय विकासले इटालीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । विकास इटालीको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्दै आएका छन् । यस्तै विकासले भेनेजियाको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेका छन । सन २००८ मा ६ वर्षको उमेरमा इटाली पुगेका विकास १३ वर्षपछि नेपाल लिग खेल्न नेपाल आएका हुन ।