१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ७०८ जनामा संक्रमण पुष्टि, ९३२ ले जिते कोरोना



अ+ अ-

काठमाडौं । नेपालभर पछिल्लो २४ घन्टामा थप ७०८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ९३२ संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ रहेको छ ।