२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पहिरोमा परी मृत्यु हुने १११ पुगे, ३७ वेपत्ता



अ+ अ-

काठमाडौं । केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १११ जनाको मृत्यु भएको छ । 

प्रहरी प्रधान कार्यालकया अनुसार ३७ जना अझै वेपत्ता छन् । बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो ।

मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक÷एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएका जनाइएको छ । 

वेपत्ताको खोजीकार्य जारी छ । बाढीको कारण दुई हजार २३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल १८६ वटा पशु चौपाय मरेको जनाइएको छ ।

उक्त अवधिमा एक हजार १८८ घर परिवार विस्थापित भएका छन् । बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्दार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।