१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडित ५० हजार राहत दिने



अ+ अ-

विराटनगर । गएको कात्तिक  १ र २ गते परेको अविरल बर्षाका कारण आएको बाढीले विराटनगर महानगरपालिकाभित्र तीनजनाको मृत्यु भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले आज यहाँ बसेको महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उक्त जानकारी दिँदै मृतकका परिवारलाई तत्काल राहत स्वरुप रु ५० हजार उपलव्ध गराउने निर्णय गरिएको बताउनुभयो ।

उहाँले बाढी र डुबानबाट विस्थापित परिवारलाई खाना खुवाउनुका साथै यसबाट भएको क्षतिको विवरण महानगरले सङ्कलन गरिरहेको जानकारी दिनुभयो । बाढीका कारण प्रभावित भएका कृषक र व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकार समक्ष माग गरिने प्रमुख पराजुलीले बताउनुभयो ।  

वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेको महानगरपालिकाका राजेन्द्र प्रधानले जानकारी दिनुभयो । प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म दुई हजार ६९० घर परिवार बाढी र डुवानबाट प्रभावित भएको उहाँले बताउनुभयो । विराटनगर–१ मा सबैभन्दा बढी ६०० घर परिवार डुबानमा परेका छन् ।