१५ असार २०८३, सोमबार
,
Latest
उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फाेटाे फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति



अ+ अ-

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो ।

चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । अनुमति प्राप्त गरेसँगै दक्षिण पूर्वी एशियाली राष्ट्र म्यानमार, थाइल्याण्ड, कम्बोडिया र भियतनाममा क्रमशः उडान थाल्ने एयरलाइन्सले जनाएको छ । प्रवक्ता बर्तौलाका अनुसार दक्षिण एशियाली राष्ट्रहरुमा भने बङ्गलादेश श्रीलङ्का, भुटान, भारतलगायतका देशमा तत्कालै उडान गर्ने गरी तयारी भएको छ । यात्रु चार्टर्ड र कार्गो उडानको अवस्थालाई हेरेर दक्षिण पूर्वी एशियाली मुलुकमा क्रमशः नियमित उडान गरिने एयरलाइन्सले जनाएको छ । 

विशेषगरी यी क्षेत्रबाट धार्मिक पर्यटक बढीभन्दा बढी नेपाल भित्र्याउने उद्देश्यका साथ कम्पनीले चार्टर्ड उडान गरेको जनाएको छ । यती एयरलाइन्ससँग हाल छोटा दूरी तथा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नसक्ने क्षमताका पाँच थान एटीआर–७२ जहाज रहेका छन् । यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सले उडान अनुमति पाइसकेका छन् ।