नामिबिया पहिलो पटक टी–२० विश्वकप क्रिकेटको सुपर-१२ मा प्रवेश गरेको छ ।
यूएईमा शुक्रबार आयरल्याण्डलाई हराउँदै नामिबिया पहिलो पटक सुपर-१२ मा पुगेको हो ।
समूह चरणको आफ्नो अन्तिम खेलमा नामिबियाले ८ विकेटले विजयी बन्यो ।
१२६ रनको सामान्य लक्ष्य नामिबियाले ९ बल अगावै २ विकेट गुमाएर पुरा गर्यो । नामिबियालाई जित दिलाउन कप्तान गेरहार्ड इरास्मसले ५३ रनको अविजित पारी खेले । आयरल्याण्डका कर्टिस कापरले दुई विकेट लिए ।
यस्तै, समूह चरणको अन्तिम खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको थियो । शारजाहमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले सबै विकेट गुमाएर ४४ रन मात्र बनाएको थियो ।
जवाफमा श्रीलंकाले ७७ बल बाँकी छँदै ७ ओभरमा निर्धारित लक्ष्य पूरा गरेको थियो ।
आजदेखि टी२० विश्वकपका मुख्य खेलहरु शुरु हुँदैछन् । पहिलो खेल अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा दोस्रो खेल इङल्यान्ड र वेस्ट इन्डिजबीच हुनेछ ।
अब विश्वकपका खेलहरु दुई समूहमा विभाजन गरेर खेलाइने छ । पहिलो समूहमा इङल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र नामिबिया रहेका छन् भने दोस्रो समूहमा अफगानिस्तान, पाकिस्तान, भारत, न्यूजील्यान्ड, बंगलादेश र स्कटल्यान्ड रहेका छन् ।
यी खेलहरू दुबई, शारजाह, अबुधाबी र ओमानको मस्कटमा हुँदैछन् ।
समूह क | समूह ख |
इङल्यान्ड | अफगानिस्तान |
अस्ट्रेलिया | पाकिस्तान |
दक्षिण अफ्रिका | भारत |
वेस्ट इन्डिज | न्यूजील्यान्ड |
श्रीलंका | बंगलादेश |
नामिबिया |
स्कटल्यान्ड |