१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खराब तत्वहरु बाहिरिएपछि पार्टी एक ढिक्का भयो: केपी ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गर्नु भएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरुले देशलाई दिशाहीन अवस्थामा पु¥याउने प्रयास गरिरहेको आरोप समेत लगाउनु भयो । शनिबार देशभरका पार्टी वडा अधिवेशनहरुको भर्चुअल माध्यामबाट एकसाथ उद्घाटन गर्दै उहाँले ३ महिनाको अवधिमा सरकारले मुलुकलाई अराजकतातर्फ धलेकिरहेको दावी समेत गर्नु भयो । उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पारेर प्रतिगामी शक्तिहरुको सेवा गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘प्रतिगामी शक्तिहरु देशलाई अस्थिरतामा धकेल्ने काम गरिरहेका छन । यो ३ महिनाको अवधिमा देखि सकियो–देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमनमा व्यवधान खडा गर्ने, अग्रगमन हुन नदिने, स्वेच्छाचारिता, मनपरीतन्त्र देशमा लागू गर्ने, अनुशासनहीनता, अराजकता राज्यस्तरबाटै गर्ने, यस खालका क्रियाकलापहरु हामीले देखिराखेका छौ र यो विपरित बाटो हो । यो प्रतिगमनतर्फको बाटो हो । संविधानको कार्यान्वयनको सन्दर्भमा, राजनीति परिचालनको सन्दर्भमा, जनतामा रहेको सार्वभौमसत्ता, त्यसको अपब्याख्या गरेर अन्तै सार्न खोज्ने प्रयासको सन्दर्भमा अहिले भएका र भईरहेका गतिविधिहरु प्रतिगामी गतिविधिहरु हुन । र त्यस्ता प्रतिगामी गतिविधिहरुविरुद्ध जसको नेतृत्व यो गठबन्धन पाँच दलीय भन्ने गरेको छ, त्यो पाँच दलीय भनिएको गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो । जो कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने, कम्युनिष्ट सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन फुटाउने, र प्रतिक्रियावादीहरुको पाउमा सेवा अर्पण गर्ने र दक्षिणपन्थी नेतृत्वको दक्षिणपन्थी जनविरोधी, दिशाहीन त्यस्तो सरकार निर्माण गर्ने जुन काम गरिरहेको छ ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा शान्दार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहो¥याउँदै सोही अनुसार पार्टीको काममा जुटन पनि नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । उहाँले एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरुको भ्रममा नपरी देश निर्माणको अभियानमा जुटन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘आगामी निर्वाचनमा हरेक तहमा शानदार ढंगले बहुमत ल्याउने तयारी पनि गरिरहेका छौं । त्यस अनुसारले आन्दोलनमा जुटन म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु । एउटा हल्ला चल्यो अस्ति भर्खर । त्यो हल्ला अव कमजोर हुँदै गएको छ । तीनका स्याल हुँइयाहरु कमजोर हुँदै गएका छन । तीनका आवाजहरु सुक्दै गएका छन । हिजो नेकपा एमालेलाई सरकारबाट हटाएपछि एउटा हल्ला चल्यो । अव एमाले समाप्त भयो । एमाले युगको अन्त्य भो । 

अनेक प्रकारका भ्रमपूर्ण हल्लाहरु चलाइए । तर म कमरेडहरुलाई भन्न चाहन्छु–ती बेकारका बलेसीका पानी रहेछन भन्ने कुरा स्पष्ट भईसक्यो । यी बलेसीका पानीका फोका हुन, तीनका आयू लामो छैन । तिनीहरुले हामीलाई बदनाम गर्न खोजे । चरित्र हत्या गर्न खोजे । हाम्रा विरोधीहरुका चाहना उनीहरुको आवश्यक्ता पूरा गर्ने होईन, हामीले हाम्रा अभिभार पूरा गर्ने हो । त्यो काम हामी गर्छौं । तसर्थ हामी ती अभिभार पूरा गर्न हामी सकेसम्म विभिन्न क्षमता भएका, सामान्य ज्ञान भएका मात्रै होईन, विशेषज्ञता भएका, विभिन्न सामाजिक जीवनका अनेक क्षेत्रहरुबाट समावेशीता, यो समावेशीता हामीले भूगोलको आधार, जातको आधारमा मात्रै भनिरहेका छैनौ । यो समावेशीता क्षमता, विशेषज्ञता, जानकारी, विषयगत भिन्नताजस्ता कुराहरुदेखि लिएर राष्ट्र निर्माणमा सम्पूर्ण कुराहरुको कला हुन सक्छ, संगीत हुन सक्छ । साहित्य हुन सक्छ । इन्जिनियरिङ हुन सक्छ । मेडिसिन हुन सक्छ । अथवा अरु विभिन्न सेक्टर हुन सक्दछ । पर्यटन हुन सक्दछ । यी विभिन्न क्षेत्रका विशेषज्ञताहरु समेत सम्मिलित भएको र त्यसभित्र सन्निहित भएको त्यो पार्टीको निर्माण जो क्षमताहरुको एउटा पुञ्ज हो । संकल्पको पुञ्ज मात्रै होईन, अठोटका पुञ्जमात्रै होईन । ती पूरा गर्नका लागि क्षमताहरुको पनि पुञ्ज । जसले गर्दाखेरी पार्टी सफल र सक्षम हुन सकोस् राष्ट्र निर्माणका लागि हामीले भनेजस्तो । समृद्ध नेपाल सुःखी नेपाली बनाउनका लागि समक्ष हुन सक्नेगरीको सहभागिता । समावेशीता । ’

अध्यक्ष ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दावी समेत गर्नु भयो । माधव नेपाल समेत बाहिरिएपछि पार्टी एकतावद्ध रहेको उहाँको भनाई थियो ।