५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनिश उप्रेतीको गीत सार्वजनिक



अ+ अ-

काठमाडौ ।द भ्वाइस किड्स’ को विजेता जेनिश उप्रेतीको आवाज रहेको ‘बाटो’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा बालगायक जेनिशकै वास्तविक कथालाई उतारिएको छ । गायक प्रमोद खरेल स्वयंको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा जेनिश र प्रमोदसँगै लक्ष्मी बर्देवा, जीवन वली, सुनील नेपाली, भानुभक्त ढकाल लगायतको अभिनय छ । भुपेन्द्र खड्काको शब्द रहेको गीतमा भानुभक्त ढकालको संगीत सुन्न सकिन्छ ।

गीत सार्वजनिक कार्यक्रममा गायक प्रमोद खरेलले जेनिशको वास्तविक कथालाई भिडियोमा उतार्नु चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘यो भिडियोलाई म आफैंले गर्नुको कारण म जेनिशसँग एकदमै नजिक थिएँ । यही कारणले भिडियो बनाउन केही सजिलो पनि भयो । भिडियोमा प्रायः कुराहरु रियल छन् । भिडियोमा जेनिशले आफ्नो आमालाई नै सम्झिएर अभिनय गरेको छ, जुन अद्भुत छ ।’

भिडियोमा जेनिशको आमाको भूमिका निर्वाह गरेकी अभिनेत्री लक्ष्मी बर्देवाले चरित्रमा आफूलाई ढाल्नका लागि जेनिशले आमाको सम्झना गरेको भिडियो र जेनिशको आमाको फोटोहरु हेरेर पहिरनमा ध्यान दिएको बताइन् । प्रमोद खरेलले भिडियोको कन्सेप्ट सुनाउँदा आफ्नो गहभरी आँशु भएको गायिका बर्देवाले बताइन ।

बालगायक जेनिशले भने भिडियोको छायांकनको बेला गाह्रो भएको स्मरण गरे । उनी भन्छन्, ‘भिडियोको छायांकनको बेला अलि गाह्रो भएको थियो । तर, पछि आफूले गरेको अभिनय हेर्दा हाँसो पनि लाग्यो र खुसी पनि भएँ ।’ आफ्नो दिवंगत आमाको रोलमा लक्ष्मी बर्देवाले अभिनय गर्दा आफ्नै आमा जस्तो लागेको उनले बताए ।