२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले यी ११ जिल्लाको प्रहरी प्रमुखमा एसएसपीलाई खटाउने



अ+ अ-

काठमाडौं । सरकारले ११ जिल्लाको प्रहरी प्रमुखमा एसएसपीलाई खटाउने तयारी गरेको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले झापा, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, रूपन्देही, कास्की, बाँके, दाङ र कैलालीमा एसएसपीको दरबन्दी थप गर्न लागिएको हो ।  

हाल ती जिल्लामा प्रहरी उपरीक्षक (एसपी)ले नेतृत्व गर्दै आएका छन् । गृह मन्त्रालयले नै दरबन्दी थपसम्बन्धी अग्रसरता लिएपछि प्रहरी प्रधान कार्यालयले यसका लागि औपचारिक प्रस्ताव अघि बढाएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल फेरि डिआइजीको दरबन्दी थप्नेबारे आफुले सुनेपनि यो विषयमा विस्तृत जानकारी नभएको बताए ।