१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ः प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित



अ+ अ-

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित भएको छ । 

प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै कात्तिक १५ गतेसम्म बैठक स्थगित गरिएको जानकारी दिएको हो । 

बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको थियो । 

नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई कारण देखाउँदै प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ भने एमालेले पनि पार्टीको पालिका अधिवेशनको तयारी र केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुपर्ने भन्दै बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गर्न माग गरेको थियो ।