१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवा भगाउन हात्तीसहितको टोली परिचालन



अ+ अ-

कञ्चनपुर । बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो ।

चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान थालेको जनगुनासोका आधारमा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगरले बताउनुभयो । दुई साताको अवधिमै चितुवाले स्थानीय बासिन्दाका आधा दर्जन बढी चौपाया मारेर क्षति गरेको छ । साँझ नहुँदै बस्तीमा छिरेर चितुवाले घरपालुवा जनावर मार्न थालेपछि स्थानीय बासिन्दाले साँझपछि गाउँघरमा हिँडडुलसमेत बन्द गरेका छन् ।