५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पदा पुनर्निर्माणको काम छुटेको भए जानकारी गराउन महानगरको अपिल



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन अपिल गरेको छ । 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरुको पुनर्निर्माणको काम भईसकेको दावी गर्दै कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल गर्नु भएको हो । शनिबार काठमाडौंको क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटन पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले काठमाडौं महानगरपालिका बाहिरका सम्पदाहरुको पुनर्निर्माणमा पनि काठमाडौं महानगरपालिकाले सहयोग गरेको बताउनु भयो । 

उहाँले चुनावमा आफूहरुले गरेको प्रतिवद्धता अनुसार नै सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिएको दावी समेत गर्नु भयो । महानगरपालिकाले पूरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउने गरी स्पष्ट नीति लिएको र सोही अनुसार काम भइरहेको मेयर शाक्यको भनाई थियो ।

मेयर शाक्यले काठमाडौं महानगरपालिकाले नगर टू नगर साझेदारी कार्यक्रम अन्तरगत अन्य नगरपालिकाहरुको सम्पदा निर्माणमा पनि सहयोग गरिरहेको बताउनु भयो ।