१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढिस्कोमा पुरिएर सिरहाको बालिकाको मृत्यु, पाँच घाइते



अ+ अ-

लहान । ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । 

दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी धनगढीमाई नगरपालिका–५ जयपुर निवासी प्रकाश कामैतको ११ वर्षीया छोरी करिश्मा कुमारीको डिस्कोले पुरिएर आज दिउँसो  मृत्यु भएको प्रहरीले जनाएको छ । घर लिपपोत गर्न गाउँदेखि करिब २०० मिटर दूरीमा रहेको खाल्डोबाट माटो झिक्ने क्रममा ढिस्को खसेर पुरिएको र निकाल्ने प्रयास गरे पनि करिश्मालाई जीवितै उद्धार गर्न नसकिएको स्थानीयवासी सन्तोष साहले जानकारी दिनुभयो ।

ढिस्कोमा परेर करिश्माकी आमा ममतादेवी कामैत, स्थानीयवासी महिन्द्र महतोको ७ वर्षीय छोरी सरिता महतो, राजकुमार यादवकी ७ वर्षीया छोरी सविता यादव, २६ वर्षीया सीतादेवी कामैत र इन्द्रदेव कामैतकी १० वर्षीया छोरी रुवि कामत घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुुबास ढकालले जानकारी दिनुभयो ।

घाइतेमध्ये राजकुमार यादवकी १० वर्षीया छोरी सविताको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । रासस