१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालीकाको बारेमा सत्तागठबन्धन साझा दृष्टिकोण तयार पार्दै



अ+ अ-

काठमाडौ । सर्वोच्च अदालत भित्र देखिएको समस्यामा बारेमा सत्ता गठबन्धनमा रहेका दलहरुले छलफल सुरु गरेका छन् । जनता समाजबादीका अध्यक्ष  उपेन्द्र यादबले केही कानुनव्यसायीहरु संग बुधबार छलफल गरेका र आज प्रधानमन्त्री शेर बहादुर देउवा तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग कुरा गर्ने तयारी गर्नुभएको स्रोतले जनाएको छ । 

सम्भवतः आजै गठबन्धनको बैठक बसेर यसबारेका केही दृष्टिकोण आउछ होला स्रोतले भन्यो । बुधबार मात्र प्रधानमन्त्री देउवाले तरुणदलको कार्यक्रममा भन्नुभएको थियो  हाम्रो गठबन्धन ५ पार्टीको जो छ, जे उठेका सवालहरु छन–न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं  ।

यो पनि पढ्नुहोस- अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन: प्रधानमन्त्री देउवा (भिडियो सहित)

केही दिन अघि माओबादी केन्द्रका अध्यक्ष दाहालले पनि आफु निकट कानूनव्यवसायी संग छलफल गर्दे  प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणालाई हटाउन सबै अस्त्र प्रयोग गर्न निर्देशन दिनु भएको थियो । त्यस अघि लगभग मौन जस्तै रहेको नेपाल बार एशोसिएसन बढी क्रियाशिल भएको थियो ।