काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउनेबारे छलफल नै नभएको बताउनु भएको छ ।
समाजवादी प्रेस संगठनले आज कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले भन्नुभयो ‘महाअभियोगको विषय प्रवेश नै गरेको छैन, छलफलै भएको छैन ।
नेता नेपालले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बबताउनु भयो । नेपालले भन्नुभयो ओलीको अभिव्यक्ति न्याय प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज हो । न्यायपालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ ।