१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० विश्वकप क्रिकेटः वार्नरको उत्कृष्ट प्रदर्शनमा अस्ट्रेलिया विजयी



अ+ अ-

दुबईः विश्वकप टी२० क्रिकेट प्रतियोगितामा अस्ट्रेलिया लगातार दुई खेलमा विजयी भएको छ । बिहीबार राति भएको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई सात विकेटले पराजित गरेर महत्वपूर्ण दुई अंक हासिल गरेको छ ।

टस जितेर पहिले क्षेत्ररक्षण रोजेको अस्ट्रेलियाले श्रीलंकालाई १५४ रनमा रोकेको थियो । एक सय ५५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले डसुन सनाकाको बलमा आउट हुनुअघि ६५ रन बनाएका थिए । उनले १० चौका प्रहार गरे ।

अस्ट्रेलियाका लागि स्टिभेन स्मिथले अविजित २८ रन, मार्कस स्टोइनिसले १६ रन तथा कप्तान आरोन फिन्चले ३७ रन बनाएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा १५४ रन बनाएको थियो । श्रीलंकाका लागि पाथुम निशान्काले ७, कुशल परेराले ३५, चरिथ असालान्काले ३५, अभिष्का फर्नान्डोले ४, भानुका राजपाक्षले ३३ रन बनाएका थिए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क, प्याट कमिन्स र एडम जाम्पाले दुई दुई विकेट लिएका थिए ।

यो जितसँगै अस्ट्रेलियाले दुई खेलबाट ४ अंक जोडेको छ । यस समूहमा इङल्यान्डको पनि समान ४ अंक छ । दक्षिण अफ्रिका र श्रीलंकाको २,२ अंक छ भने वेस्ट इन्डिज र बंगलादेशले कुनै अंक हासिल गर्न सकेका छैनन् । एजेन्सी