१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइका लागि पेसी तोकियो



अ+ अ-

काठमाडाैंः प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा १७२ वटा मुद्दा एवं निवेदनका पेसी तोक्नु भएको छ ।     

पेसीमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडालको संयुक्त इजलास पनि रहेको छ भने अन्य न्यायाधीशको एकल तथा संयुक्त इजलास तोकिएको छ  तर अहिलेसम्म सुनुवाइ सुरु भएको भएको छैन ।
     
प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै अन्य न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आएकाले गत सोमबारदेखि नै मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।
     
गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेर समस्या समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेको थिएन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै अन्य न्यायाधीशलाई संविधान र कानूनबमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको थियो ।

न्यायाधीशका इन्कारीका कारण मुद्दाको सुनुवाइ हुन नसक्दा टाढाटाढाबाट आएका पालोमा परेका सेवाग्राही मर्कामा परेका छन् ।