काठमाडौं: एभरेष्ट बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई १०.३२ लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको आज शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।
बैंकले सार्वजनिक गरेको सूचनामा बैंकको हालको चुक्तापुँजी ८ अर्ब ८९ करोड ३७ लाख रहेको छ ।