१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ अर्बको आइपिओ खुल्दै, हाइड्रो, इन्सुरेन्स र लघुवित्तको सबैभन्दा बढी



अ+ अ-

काठमाडौंः नेपालको सेयर बजारमा नयाँ कम्पनीहरु प्रवेश गर्नेक्रम जारी छ । केही समयदेखि सेयरमा लगानीकर्ताको आकर्षण पनि बढेको छ । कुनै कम्पनीको सेयर खुल्नासाथ मागभन्दा कैयौं गुणा बढी आवेदन पर्ने गरेकाले पनि सेयर बजारप्रतिको सर्वसाधारणको रुचि देखाउँछ ।

नेपाल धितोपत्र बोर्डमा प्रारम्भिक सेयर निष्काशन (आइपिओ) का लागि निवेदन दिने कम्पनीहरुको संख्या २२ पुगिसकेको छ । उनीहरुले करिब ५ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न बोर्ड समक्ष आग्रह गरेका छन् । बोर्डले अनुमति दिएमा पुँजी बजारमा ५ करोड २८ लाख १२ हजार ८९४ कित्ता सेयर थपिनेछ ।

बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । आइपीओ निष्कासनका लागि अनुमति माग्ने २२ कम्पनी मध्ये १३ वटा जलविद्युत कम्पनी रहेका छन् भने ६ वटा लघुवित्त कम्पनी, २ वटा बीमा कम्पनी र डिस मिडिया नेटवर्क रहेको छ ।

तर, रिलायबल लाइफ इन्सुरेन्सले सर्वसाधारणका लागि प्रिमियममा आइपीओ बिक्री गर्न अनुमति मागेको बोर्डले जनाएको छ । रिलायबलले प्रतिकित्ता ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता रू २१२ मा आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।

आवेदन दिएका कम्पनीमध्ये डिस मिडिया, आइएमई लाइफ इन्सुरेन्स, माथिल्लो सोलु जलविद्युत कम्पनी, माथिल्लो हेवाको सेयर निष्काशनका बारेमा प्रारम्भिक मूल्याँकन सम्पन्न गरी टिप्पणी सम्बन्धित कम्पनीमा पठाइएको बोर्डले जनाएको छ ।