१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ स्टार पुनीत राजकुमारको निधन



अ+ अ-

एजेन्सी । कन्नड इन्डस्ट्रीका चर्चित स्टार पुनीत राजकुमारको निधन भएको छ । 

शुक्रबार बिहान स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको । 

चर्चित कलाकार राजकुमारका छोरा पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ उपनामले सम्बोधन गर्छन् 

उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् । उनको ४६ बर्षको उमेरमा निधन भएको मिडियाले उल्लेख गरेका छन् । राष्ट्रिय अवार्ड विजेता समेत रहेका पुनीतको जन्म सन् १९७५ मार्च १७ मा तमिल नाडुमा भएको थियो । 

उनका ‘अप्पु, अभी, भिरा कन्नडिगा, आकाश, अजय, अर्सु, मिलाना, भाम्सी, राम, ज्याकी, हुडगुरु’ लगायत फिल्म चर्चित छन् ।