२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मी र खुमलटार सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । राजधानीमा जारी भेट्रान फुटबल प्रतियोगितामा खुमल्टार भेट्रान फुटबल क्लब र विभागको त्रिभुवन आर्मी भेट्रान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । 

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको खेलमा विभागको टोली त्रिभुवन आर्मी भेट्रान क्लबले भनीमण्डल भेट्रान क्लब तथा खुमल्टार भेट्रान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

आर्मीले भनीमण्डललाई ३–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउँदा दिनको दोस्रो खेलमा खुमलटारले फ्रेन्ड्स क्लबलाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । खुमलटारले फ्रेन्ड्सलाई पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप तीन गोल गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।

खुमलटारको जितमा रितेश खड्काले दुई गोल गर्दा भगवान थापा, निमा लामा र टासी छिरिङले एक÷एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको पाँचौं मिनेटमा रितेशले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा भगवानले गोल गर्दै खुमलटारलाई २–० को अग्रता दिलाएका थिए । निमाले ५५ औं मिनेटमा, ५७ औं मिनेटमा टासीले तथा ६० औं मिनेटमा रितेशले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ५–० को जित निश्चित गराएका थिए ।

भेट्रान फुटबल अन्तर्गत आजै सम्पन्न अर्को खेलमा आर्मीलाई अन्तिम चारमा स्थान दिलाउने क्रममा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरी महतोले एक÷एक गोल गरे । आर्मीले छैटौं मिनेटमा राजु तामाङको गोलबाट अग्रता निकाल्दा विकर्णले ३६औं तथा हरी महतोले ४९औं मिनेटमा गोल गरेका थिए ।

यस्तै क्वार्टरफाइनल अन्तर्गत दिनको तेस्रो खेलमा चितवन भेट्रान्सलाई ४–० गोल अन्तरले पराजित गर्दै झापा अन्तिम चारमा पुग्यो । झापाको जितमा नरेन्द्र मणी लिम्बुले दुई गोल गरे । यस्तै अंकुर कुमार खड्की र  रमेश गुरुङले एक÷एक गोल गरे । चौथो क्वाटर फाइनल खेलमा एसएनकेसीले पोखरा ११ भेट्रान टोलीलाई ४–१ ले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान बनाये । एसएनकेसी उत्कृष्ट उपविजेता टोली बन्दै क्वाटर फाइनलमा स्थान बनाएको थियो ।

यस सँगै प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । आइतबार हुने पहिलो सोमिफाइनल खेल आर्मी र झापा तथा दोस्रो सेमिफाइनल खेल खुमलटार र एसएनकेसीबीच हुनेछ ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा आइतबार सेमिफाइनलका खेल हुनेछन् ।