२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी ध्वजाबाहक जहाजलाई सबै मिलेर माथि उकासौँ : मन्त्री आलेमगर



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगमलाई सबै मिलेर उचाइमा पुर्याउनुपर्ने बताउनुभएको छ । 

आज मन्त्रलायमा आयोजना गरिएको सरकारी तथा निजी क्षेत्रका जहाज सञ्चालकसँगको छलफलमा मन्त्री आलेले देशमा निजी क्षेत्रका जहाज फष्टाएझै नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक बिमान नेपाल वायु सेवा निगमलाई सबै तह, तप्का र क्षेत्रबाट माथि उकास्न एक जुट हुन आग्रह गर्नुभयो ।

सोही क्रममा मन्त्री आलेले भन्नुभयो, “नेपालका आकासमा निजी क्षेत्र जस्तै सरकारी जहाँजले पनि उडान भरोस भन्ने मैले चोहेको हो, क्रिपया सबै मिलेर हाम्रो राष्ट्रिय ध्वजाबहाक जहाज उडाउन सबै लागि परौँ ।”

पछिल्लो समय विश्वव्यापी कोरोना महामारीका कारण पर्यटक भित्र्याउन नपाउँदा नेपालमा जहाँज सेवा सञ्चालक कम्पनी पनि समस्यामा परेको दुःखेसो हुँदाहुँदै पनि सरकारी क्षेत्रको राष्ट्रिय ध्वजाबहाक जहाजमा सञ्चालनका लागि निजी क्षेत्र सकारात्मक रहने निजी क्षेत्रका सञ्चालकहरूले प्रतिबद्धता जनाउनुभएको थियो । 

सोही क्रममा नेपालका अधिकांश पहाडी जिल्लामा रहेका विमानस्थल जहाजका लागि सुरक्षाको खतरा भएको निजी क्षेत्रका जहाज सञ्चालकको गुनासो गर्नुभयो । 

कुनै कारण बस रातिको समयमा जहाज पार्किङमा राखिएको बेला कसैले सामान्यतया ढुङ्गा, मुडा हिर्काउँदा जहाजमा ठूलो क्षति हुन सक्ने सम्भावना भएकाले ती क्षेत्रमा तत्काल सुरक्षा व्यवस्था कडा पारिदिन उहाँहरूले मन्त्री आलेसँग आग्रह गर्नुभयो ।