३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनाद्वारा आर्ट स्कुलमा बमबारी, जहाँ ४०० युक्रेनी लुकेका थिए



अ+ अ-

एजेन्सी । रुस–युक्रेन युद्धको आज २५ औं दिन हो । रुसी सेनाले मारियुपोल सहरको एउटा कला विद्यालयमा बमबारी गरेको छ । यहाँ करिब ४०० जनाले आश्रय लिएका थिए । मानिसहरु भग्नावशेषमुनि फसेको आशंका गरिएको छ । 

यसअघि यहाँ एक थिएटरमा बम विष्फोट भएको थियो, जहाँ कम्तिमा १,००० सर्वसाधारणले आश्रय लिएका थिए । अर्कोतर्फ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्नका लागि प्रत्यक्ष वार्ता गर्न अपिल गरेका छन् । 

जेलेन्स्कीले स्विट्जरल्याण्ड सरकारसमक्ष रुसी धनाढ्यहरुको पैसा जफत गर्न पनि अपील गरेका छन् । ‘युरोपेली शहरहरूमा बसोबास गर्ने र स्विस बैंकमा पैसा राख्ने रुसी धनीहरूले युक्रेनलाई नष्ट गर्न त्यहाँको सेनालाई पैसा दिइरहेका छन्,’ उनले भने।

राष्ट्रपति जेलेन्स्कीले भिडियो सन्देशमा मस्कोसँग प्रत्यक्ष वार्ताका लागि अपील गरेको हुनसक्ने बताइएको छ । तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनका प्रमुख सल्लाहकारले पुटिन अहिले त्यस्तो वार्ताका लागि तयार नभएको दाबी गरेका छन् । एर्दोआनको प्रवक्ताको भूमिका निर्वाह गर्ने इब्राहिम कालिनले पुटिनले नेता स्तरमा बैठकको स्थिति अझै नपुगेको बताए ।

युक्रेनी सेनाले रुसलाई राजधानी किभ, खार्किभ र दक्षिणी युक्रेनको ठूलो भागमा बस्न बाध्य बनाएको न्यूयोर्क टाइम्सले जनाएको छ । स्याटेलाइट तस्बिरहरूले पनि रूसी सेनाले किभ बाहिर लामो युद्धको लागि स्थायी आधार तयार गरिरहेको देखाएको छ ।

मिडिया रिपोर्ट अनुसार रुसी सेनाको आपूर्ति शृङ्खलाको विघटनलाई यसको कारणको रूपमा उद्धृत गरेको छ । तर, रुसी सेना अहिले पूर्वी युक्रेनमा तीव्र गतिमा अगाडी बढिरहेको पनि बताइएको छ । यहाँ विद्रोहीको कब्जामा रहेको पश्चिमी युक्रेनको डोनबास क्षेत्रबाट रुसी सेना सरेका छन् ।