५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल संवतको प्रचलनसँगै गरिबी उन्मूलन: प्रधानमन्त्री देउवा



अ+ अ-

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले  नेपाल संवत्को प्रचलनसँगै गरिबी उन्मूलनको अभियान सुरु भएको बताउनुभएको छ । 

नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमि शङ्खधर चोकमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन साख्वाःले योगदान गर्दै राष्ट्रको गौरव बढाएकाले उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिएको प्रधानमन्त्री देउवाले बताउनुभयो । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्थामा पु¥याएको उहाँले चर्चा गर्नुभयो । 

प्रधानमन्त्री देउवाले नेपालमा रहेका विविध धर्म संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँदै नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल संवत् एप र नेपाल संवत्को पात्रो सार्वजनिक गर्नुभएको थियो । सो अवसरमा उहाँले साख्वाःको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

कार्यक्रममा शङ्खधर सिरपा समितिका अध्यक्ष आरके मानन्धरले शङ्खधर प्रतिष्ठानका लागि प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलाई शङ्खधर साख्वाःको दुई किलोको चाँदीको प्रतिमा हस्तान्तरण गर्नुभयो । उक्त प्रतिमा शङ्खधर चोकमा रहेको सङ्ग्रहालयमा राखिने छ ।  

प्रतिष्ठानले संस्थागततर्फ नेपाल पञ्चाङ्ग निर्णायक समिति र व्यक्तिगततर्फ शङ्खधर प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ । कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत, सांसद् महेश बस्नेत, बागमती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठललगायतले शङ्खधर साख्वाःले देशमा पु¥याएको योगदानको चर्चा गर्दै प्रतिष्ठानको देशव्यापी अभियान सफल पार्नुपर्नेमा जोड दिए । 

कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धर, प्रतिष्ठानका सचिव ज्ञानराम श्रेष्ठले शङ्खधरको योगदानलाई जीवन्त बनाउन प्रतिष्ठानले गर्दै आएको कामका बारेमा जानकारी गराउनुभएको थियो ।रासस