१४ असार २०८३, आईतवार
,
Latest
चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा स्कुटर चालकको मृत्यु



अ+ अ-

भक्तपुर । गुडिरहेको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश०२–०१६प ३४३६ नंको स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीनदोबाटोमा दुर्घटना भएको हो । 

दुर्घटनामा मृत्यु हुनेमा रामेछापको लिखु गाउँपालिका–६ घर भइ हाल मध्यपुरथिमि नगरपालिका धुन्चेपाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएका तामाङलाई लगत्तै प्रहरीले उपचारका लागि नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल पु¥याएको थियो । उनको उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।