५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षासेवी शर्माको निधन



अ+ अ-

काठमाडौं । बागलुङ नगरपालिका वडा नं १२ स्थित अमलाचौर निवासी शिक्षासेवी डिल्लीप्रसाद शर्माको ८३ वर्षको उमेरमा आज निधन भएको छ । काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निमोनियाको उपचार गराइरहनुभएका उहाँको आज बिहान ६ः०० बजे सोही अस्पतालमा निधन भएको हो । 

विसं १९९६ वैशाख १५ गते बागलुङको अमलाचौरमा जन्मिनुभएका उहाँले लामो समयदेखि प्राध्यापन तथा शिक्षा क्षेत्रमा काम गर्नुभएको छ । विसं २०१७ मा एसएलसी पास गर्नुभएका उहाँले संस्कृत साहित्यमा आचार्य र अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएको थियो । उहाँले सुरुमा माध्यमिक विद्यालय निरीक्षक र पछि जिल्ला शिक्षा अधिकारी भएर काम गर्नुभएको थियो । 

बागलुङ जिल्लाको अमलाचौरमा पृथ्वी माध्यमिक विद्यालय स्थापना गर्न र पछि सोही विद्यालयमा उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न पनि उहाँको ठूलो योगदान रहेको छ । उहाँले सो उच्च मावि, पर्वत जिल्लाको फलेबासस्थित पर्वत बहुमुखी क्याम्पासलगायतका क्याम्पसहरुमा लामो समय अध्यापन गर्नुभएको थियो । 

साहित्य र लेखनमा गहिरो रुचि राख्नुहुने उहाँका जननी स्मृति, जनगन्थन पुस्तक तथा अरु कयौँ फुटकर लेख र कविता प्रकाशित छन् । 

उहाँकी धर्मपत्नी दिलकुमारी शर्मा तथा सात छोरा हुनुहुन्छ । उहाँका छोरा दिलीपप्रसाद शर्मा राष्ट्रिय समाचार समिति ९रासस०को अन्तर्राष्ट्रिय समाचार शाखामा सम्पादक हुनुहुन्छ । शर्माको बागलुङ जिल्लास्थित जैमिनीघाटमा आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । 

शर्माको निधनप्रति राष्ट्रिय समाचार समिति परिवारले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ ।