१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागबण्डा मिलाउन बागमती प्रदेशमा मन्त्रालय फुटाउदै , मुख्यमन्त्री पाण्डेले भोली बिश्वासको मत लिने



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार बस्ने  प्रदेशसभाको बैठकमा बिश्वासको मत लिने तयारी गर्नुभएको छ । बिश्वासको मत लिए पछि मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गर्नुभएका मुख्यमन्त्री पाण्डेले सत्ता गठबन्धनलाई भाग पुर्योउन केही मन्त्रालय फुटाउन लाग्नु भएको छ । 

नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता पाण्डे गएको कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्नुभएको थियो । एमालेका तर्फबाट मुख्यमन्त्री बन्नु भएका अष्टलक्ष्मी शाक्यले बिश्वासको मत नपाउने अबस्था आएपछि राजिनामा दिनुभएको थियो । गठबन्धनको तर्फ बाट मुख्यमन्त्री बन्नु भएका पाण्डेको पक्षमा  ५९ मत  रहको छ  ।