५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको आन्दोलन जारी, प्रधान्याधीशबाट केही न्यायधीशहरुलाई बेञ्च तोकियो



अ+ अ-

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल वार एशोसिएससनले आज कार्यलय समय सुरु भएसंगै बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ ।  सडकबाटै प्रधानन्यायधीस हटाउने भन्दै आन्दोलनमा उत्रिएको नेपाल वारले प्रधानन्याधीशले राजीनामा नदिदा सम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

सोमबार बिहानसाढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलनमा नेपाल बार उत्रिएको छ । उता प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले चार न्यायधीश बाहेर अन्य न्यायधीशहरुलाई बन्दी प्रत्यक्षीकरणको मुद्दा तोक्नु भएएको छ ।

प्रधानन्यायधीश राणाले न्यायधीशहरु विश्वम्भर श्रेष्ठ, नहकुल सुवेदी, वमकुमार श्रेष्ठ, तेजवहादुर केसी, कुमार चुँडाल, मनोज शर्माको ईजलाासमा बन्दी प्रत्यक्षीकरणका मुद्दा तोक्नु भएको हो । आफुबिरुद्ध आन्दोलन गरिरहेका न्यायधीशहरु संग छलफल जारी रहेका कारण अन्य न्यायधीशहरुलाई मुद्धा नतोकिएको जनाईएको छ ।