५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानार्थ महारथीको दर्जा ग्रहण गर्न प्रधानसेनापति शर्मा भोली भारत जाँदै



अ+ अ-

काठमाडौं ।  भारतीय समकक्षी मनोज मुकुन्द नरवाणेको निम्तोमा आएसंगै भोली प्रधानसेनापति प्रभुराम शर्मा  भारत भ्रमणमा जाने भएका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति प्रभुराम शर्मा १५ सदस्यीय प्रतिनिधिमण्डलको साथमा भोली (मंगलबार) बिहान भारत भ्रमणमा जान लागेका हुन् । 

भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट शर्माले मानार्थ महारथीको दर्जा ग्रहण गर्ने तयारी रहेको पनि निर्देशनालयले जनाएको छ । प्रधानसेनापति शर्मा कात्तिक २६ गतेका दिन नेपाल फर्कनेछन् ।