१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानार्थ महारथीको दर्जा ग्रहण गर्न प्रधानसेनापति शर्मा भोली भारत जाँदै



अ+ अ-

काठमाडौं ।  भारतीय समकक्षी मनोज मुकुन्द नरवाणेको निम्तोमा आएसंगै भोली प्रधानसेनापति प्रभुराम शर्मा  भारत भ्रमणमा जाने भएका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति प्रभुराम शर्मा १५ सदस्यीय प्रतिनिधिमण्डलको साथमा भोली (मंगलबार) बिहान भारत भ्रमणमा जान लागेका हुन् । 

भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट शर्माले मानार्थ महारथीको दर्जा ग्रहण गर्ने तयारी रहेको पनि निर्देशनालयले जनाएको छ । प्रधानसेनापति शर्मा कात्तिक २६ गतेका दिन नेपाल फर्कनेछन् ।