५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय



अ+ अ-

इनरुवा । सुनसरीमा छठपर्वलाई लक्षित गरेर बाँसको सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही कात्तिक २४ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन केही दिन मात्र बाँकी छदै उनीहरु छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्री बनाउन व्यस्त बनेका हुन् ।

सुनसरीको इनरुवा– २ का बस्तीदेखि हरिनगरा गाउँपालिकाको रामनगर भुटहासहितका मरिकले दिनरात बाँसको सामग्री बनाउन व्यस्त छन् । उनीहरुले छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन सक्रिय रहेको सो समुदायका वीरेन्द्र मरिकले बताउनुभयो । छठ नजिएको बेला बाँसको सामग्रीको माग अत्यधिक हुने गरेको र त्यो बेला बनाउनका लागि भ्याइनभ्याइ हुने भएकाले अघिदेखि नै आफूहरु त्यस्ता सामग्री बनाउन लागेको उनीहरुको भनाइ छ । गाउँगाउँबाट अहिले नै बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको गीता मरिकले बताउनुभयो ।  

छठपर्वमा बाँसकै सामग्री बढी मात्रामा आवश्यक पर्छ । बाँसको साम्रगी अरु बेला कमै मात्र बिक्री हुने गर्छ । हरिनगरा र भुटहाबाट रु १५० देखि ३०० सम्ममा बाँस खरिद गरी सामग्री बनाइ स्थानीयवासीलाई बेच्न आफूहरु लागिपरेको राधे मरिकले बताउनुभयो । यता भुटाहाका मरिक लौकही, श्रीपुर, मध्यहर्षाही भोक्राहा, इनरुवा, डुम्राहा र झुम्काका मरिकसमेत छठ लक्षित बाँसको सामग्री बनाइरहेका छन् । मरिक समुदायको जीवनस्तर उकास्न बाँसको सामग्री नभइकन त्यसको विकल्प वा व्यावसायीकरणमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।  रासस