५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा विद्युतीय राहदानी वितरण सुरु



अ+ अ-

बलेवा । बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरिएको छ । जिल्लामै पहिलो पटक जैविक विवरणसहितको राहदानी वितरण सुरु भएको हो । 
    
आइतबार एक युवालाई विद्युतीय राहदानी हस्तान्तरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरणको शुभारम्भ गरेको हो । सरकारले ‘मेसिन रिडेवल पासपोर्ट’ (एमआरपी) विस्थापित गरी व्यक्तिको जैविक विवरणसहितको पासपोर्ट लागू गरेपछि पहिलो पटक विद्युतीय राहदानी वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले बताउनुभयो । 

जिल्ला प्रशासनले माघ २८ गतेदेखि जिल्लामा विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको फाराम सङ्कलन सुरु गरेको थियो । पासपोर्टको फाराम एकीकृत गरी पठाएको १५ दिनमा तयारी पासपोर्ट जिल्लामा प्राप्त भएको प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिनुभयो । 

यसअघि सामान्य एमआरपी पासपोर्ट प्राप्त हुने न्यूनतम एक महिनाको समय लाग्थ्यो । ई–पासपोर्ट १५ दिनमै तयार भएको छ । प्रशासन कार्यालयले व्यक्तिको जैविक विवरण कार्यालयभित्र नै लिने गरेको छ । व्यक्तिगत विवरणका लागि व्यक्तिले अनलाइनमार्फत फाराम भर्नसक्ने प्रशासकीय अधिकृत विश्वकर्माको भनाइ छ । 

सरकारले विद्युतीय राहदानी कार्यान्वयनका लागि गत मङ्सिर १ गतेदेखि एमआरपी फाराम सङ्कलन बन्द गरेको थियो । एमआरपीको म्याद भएको समयसम्म सोही पासपोर्टको काम गर्छ । प्रशासनले दैनिक १० फाराम लिने गरेको छ ।