१० असार २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनगणना सफल बनाउन अध्यक्ष ओलीको आग्रह



अ+ अ-

काठमार्डाै ।   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २५ गतेदेखि सुुरु हुने १२ औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्याङ्क उपलब्ध गराउने भएकाले यस कार्यमा सहभागी भई सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वान गर्नुभएको हो । उहाँले आज जारी गर्नुभएको सन्देशमा घरघरमा आउने गणकलाई सही विवरण दिएर कार्यक्रम सफल बनाउन अपिल गर्नुभएको छ ।

सम्पूर्ण देशवासी दिदीबहिनी तथा दाजुभाईहरु

२०७८ कात्तिक २५ गतेबाट देशव्यापी रुपमा राष्ट्रिय जनगणना सुरु हुँदैछ । राष्ट्र विकासका लागि आवश्यक पर्ने महत्वपूर्ण तथ्यांक उपलब्ध गराउने जनगणना जस्तो महाअभियानको पूर्ण सफलताको कामना गर्दछु । राणाकालिन समयमा राज्यलाई कर तिर्ने नागरिकहरुको सुची तयार गर्नका लागि सुरुवात गरिएको जनगणनाको व्यापकता अहिले धेरै बढेको छ । नेपालमा जनगणना सुरुवात भएको १ सय १० वर्षको अवधीमा जनगणनामा लिइने सुचनामा धेरै परिवर्तन भइसकेको छ ।

जनगणनाले कुन ठाउँमा कति मानिसको बसोबास छ । कुन समुदायका र कुन उमेरका मानिसको बसोबास छ । शिक्षा, स्वास्थ्य र मानव विकासको अवस्था के छ भन्ने देशैभरीका
नागरिकको सुचना एकै पटक उपलब्ध गराउँदछ । त्यतीमात्र होइन देशमा रोजगार, बेरोजगार नागरिक कति छन्, वैदेशिक रोजगारीमा छन्यी सबै जानकारी जनगणनाबाट नै प्राप्त हुन्छ । केन्द्रीय तथ्यांक विभागले मुल तथा सहायक गरी ८० वटा प्रश्नहरु मार्फत समाजका विभिन्न अवस्थाहरुको बारेमा एकिकृत रुपमा जानकारी लिंदैछ । यिनै जानकारीका आधारमा निर्माण भएका तथ्यांकको प्रयोग गरेर हामीले लक्षित वर्गको उत्थानका लागि यथार्थपरक योजना बनाउन सक्दर्छौं ।

त्यती मात्र होइन पन्ध्रौ योजना मार्फत नेपाल सरकारले लिएको लक्ष्य र सन् २०३० सम्म नेपालले हासिल गर्नुपर्ने सहस्राव्दी विकास लक्ष्यको कुन चरणमा हामी पुग्यौं भन्ने कुरा स्पष्ट तस्विर प्राप्त गर्ने आधार पनि जनगणना मार्फत आउने छ । यसपालीको जनगणनामा सामुदायीक प्रश्नावली मार्फत पनि हाम्रा वडाहरुमा भएका सामुदायीक भवन र अन्य भौतिक पूर्वाधार र सरकारी सेवामा पहुँचको अवस्थाको पनि जानकारी लिईंदैछ । यसले हाम्रा स्थानीय तहहरुलाई आफ्ना नागरिकलाई सहज सेवा प्रवाह गर्नका लागि अहिलेको पूर्वाधारलाई कसरी विस्तार गर्ने भन्ने महत्वपूर्ण जानकारी पनि उपलब्ध हुनेछ ।

आजबाट सञ्चालन भइरहेको १२ औं राष्ट्रिय जनगणना संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो जनगणना पनि हो । हामीले संघीयता अवलम्बन गरिसकेपछि यसले जनतालाई राज्यले उपलब्ध गराउने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन के कस्तो रणनीति अपनाउनु पर्दछ भन्ने मार्ग निर्देशन जनगणनाको तथ्यांकबाट उपलब्ध हुनेछ । त्यसैले जनगणना प्रयोजनका लागि तपाईं हाम्रो घरमा आउने गणकलाई सही विवरण टिपाएर सबैले सहयोग गरौं । म सम्पूर्ण नेकपा (एमाले) का नेता, कार्यकर्ता, जनप्रतिनिधीहरु लगायत सम्पूर्ण दिदिबहिनी तथा दाजुभाईहरुलाई जनगणनामा खटिएका कर्मचारी (गणक) लाई पूर्ण रुपमा सहयोग गर्न, सबैलाई सही विवरण टिपाउने सन्देश प्रवाह गर्न र जनगणनालाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्न हार्दिक अपिल गर्दछु। 

केपी शर्मा ओली
अध्यक्ष
नेकपा (एमाले)