१४ असार २०८३, आईतवार
,
Latest
सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशमानले संयन्त्रको विरोध गरेका कि पौडेलको ?



अ+ अ-

सरकारले सरकार सञ्चालनसम्बन्धी एक कार्यदल गठन गरेको छ । सो कार्यदल गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएपछि दुई दिनअघिको मन्त्रिपरिषद बैठकले सो प्रस्ताव पास गरेको हो । तर प्रधानमन्त्रीले भने सो कार्यदलमा आफू नबसेर नेपाली काँग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अध्यक्ष प्रस्ताव गर्नुभयो । प्रस्ताव मन्त्रिपरिषदबाट पारित भयो र पौडेलकै संयोजकत्वमा यो गठन पनि भयो ।

त्यसो त प्रधानमन्त्रीले यो संयन्त्रमा पौडेललाई प्रस्ताव गर्लान् भन्ने नै थिएन । किनभने पछिल्ला दिनमा पौडेल देउवाका कटु आलोचक हुन् । काँग्रेसीजनहरु नै भन्छन्– बरु एमालेले त्यस्तो विरोध गर्दैनन् पौडेलले देउवाको त्यति विरोध गरेका छन् । यो प्रत्यक्ष देखिएको पनि छ । पौडेलले आफ्नै फेसबुक वालमा पनि यस्तो विरोध गर्ने गरेका छन् । पौडेल हाल काँग्रस पार्टीमा भन्ने गरिएको संस्थापन इतर पक्षका नेता नै हुन् । यता पार्टी सभापतिमा पुनः देउवाले उठ्ने तयारी गरेका मात्र होइनन् राम्रो तयारी गरेका छन् । देशैभरिमा अहिलेसम्म आएको अधिवेशनको परिणामबाट देउवाको स्पष्ट बहुमत नै देखिन्छ, सभापतिकै दरिलो अवस्था देखिन्छ । सायद त्यसैले पनि पौडेल र उनको पक्षका नेताहरु देउवासँग बढी आक्रामक देखिएको हुनसक्छ ।

तर पछिल्लो अवस्था फेरिएको छ । केही अघि मन्त्रिपरिषद पुनर्गठन भएपछि पौडेलमाथि प्रकाशमान सिंह र सुजाता खनिए । उनीहरुले पौडेलबाट पार्टी चल्दैन त्यसैले उनी पार्टी सभापतिमा लायक छैनन् भने । त्यो क्रम अहिले पनि जारी नै छ । देशकै सबैभन्दा ठूलो एवं पुरानो राजनीतिक पार्टी नेपाली काँग्रेसको १४औं महाधिवेशन प्रकृया जारी छ । दशैं, तिहार र छठ पर्वका कारण केही सुस्ताएको झैं देखिएको पार्टी गतिविधि पुनः पुरानै लयमा फर्किएको छ, र देशव्यापी चुनावी माहौल तातेको छ । पार्टीको आगामी नेतृत्व छान्ने भएकाले पनि यो महाधिवेशनको विशेष महत्व छ । तर काँग्रेस पार्टीको नेतृत्व लिने होडबाजीका क्रममा यसरी उनीहरुजस्ता वरिष्ठ नेताहरु नै यसरी सार्वजनिक रुपमा मिडियामार्फत् नै बाझ्न थालेपछि यो सोभनीय देखिएको छैन । त्यसो त अहिले देखिएका पात्रहरुका बारेमा सबैलाई राम्रैसँग थाहा नै छ ।

पार्टीको मुख्य नेतृत्व अर्थात् पार्टी सभापतिमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर यो घोषणा अघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, पूर्व उपसभापति प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेत्री सुजाता कोइरालाले सभापतिमा उठ्ने बताइ नै सकेका छन् । उनीहरुले आ आफ्ना तौरतरिकाबाट आफ्ना उम्मेदवारीहरु सार्वजनिक गरिसकेका छन् । तर देउवा बाहेकका सभापतिका यी आकांक्षीहरुको एउटै आरोप छ, देउवाले पार्टीलाई लथालिंग बनाए । जबकी यो आरोपको कुनै तुक छैन । किनभने आज पनि कुनै न कुनै पदाधिकारीको स्थान ओगटेर बसेका यिनीहरुबाट पनि पार्टीलाई उत्पात हुने कुनै काम भएको देखिएको छैन । यसप्रति काँग्रेसका सबै कार्यकर्ताहरु जानकार र जागरुक नै छन् ।

अहिले यहाँको प्रसंग प्रकाशमान सिंहको हो । उनी अहिलेको नेतृत्वप्रति त आलोचक छन् नै पछिल्ला केही हप्तायता अझबढी आलोचना उनले पौडेलको गर्न थालेका छन् । आज पनि उनले गणेशमान सिंहको स्मृति सभालाई सम्बोधन गर्दै सरकारले गठन गरेको संयन्त्रको विरोध गरे । उनले यो संयन्त्र आवश्यक नै नरहेको बताए । उनले यतिसम्म भने कि सरकारलाई नियन्त्रण गर्ने पनि कुनै संयन्त्र हुन्छ ? यो संविधानमा कहाँ व्यवस्था गरिएको छ ? उनले यो संयन्त्रको विरोध गरिरहँदा अरु काँग्रेसका नेताहरुले भने लख काट्न सकेनन् कि उनले यो विरोध संयन्त्रको गरेका हुन् कि पौडेलको भनेर ।

वास्तवमा उनले यो विरोध संयन्त्रको भन्दा पनि पौडेलको गरेका छन् । प्रकाशमानलाई एउटा के डर देखिन्छ भने पौडेल देउवासँग नमिलुन् । उनी देउवासँग मिले भने यसले देउवालाई पार्टी सभापनि जित्नका लागि अहिलेको भन्दा थप सहज अवस्था बन्न सक्छ । अर्काे कुरा उनले देउवा पौडेलप्रति नरम भन्दा पनि गरम बनुन् भन्ने चाहन्छन् ।  उनी गएको निर्वाचनमा देउवाको नेतृत्वका कारण पार्टीको भोट पहिलेभन्दा घटेको आरोप लगाउँछन् । काँग्रेसलाई बर्तमान नेतृत्वले लथालिंग बनाएकाले विधि, पद्धति र प्रक्रियामा लगेर काम गर्नेलाई आगामी महाधिवेशनबाट चयन नगरे फेरि पनि भद्रगोल अवस्था हुने जिकिर उनको छ । सिंहले यतिखेर चाक्सीबारीदेखि पार्टीका हरेक बैठक, भेलामा नेतृत्वमाथि मात्र गालीगलौज गरिरहेको सुनिन्छ । हिजोका दिनमा देउवाकै साथ र सद्भावबाट उनी यो राजनीतिक हैसियतमा पुगेको कुरा उनी अहिले सम्झिन चाहन्नन् ।

यो संयन्त्र वास्तवमा देउवाले सत्तारुढ गठबन्धनको गनगनले बनाएका हुन् । यसमा बढी चासो प्रचण्डको देखिन्छ । किनभने उनले यसको माग अघिल्लो ओली सरकारका समयमा पनि गरेका थिए । तर यसका लागि केपी ओली तयार भएनन् । देउवाले भने सत्तारुढ गठबन्धनका लागि पनि यो संयन्त्र निर्माण गरिदिएका हुन् । त्यसमा पनि प्रधानमन्त्रीले अझबढी राम्रो त पौडेललाई संयन्त्रमा राखेर गरेका छन् । यसबाट देउवा पार्टीमा संस्थापन इतर पक्षसँग मिलेर जान चाहन्छन् भन्ने स्पष्टै देखिन्छ । उनी पेलेर होइन कि मिलाएर जान चाहन्छन् भन्ने सन्देश पनि यसबाट लिँदा फरक पर्दैन । सरकार सञ्चालनका लागि निर्माण गरिएको यति संवेदनशिल संयन्त्रमा समेत उनले आफू नबसेर आफ्ना पार्टीका वरिष्ठ नेतालाई राख्नुको अर्थ के होला ? यसबाट देउवाको सदासयताबाहेक अरु के बुझ्न मिल्छ ? अनि हिजो सभापति एक्लै हिँडे, सरकार सञ्चालनका विषयमा पार्टीमा सरसल्लाह भएन भन्ने आरोप लगाउने उनीसहित पौडेलहरु नै हुन् । तर आज सरकार सञ्चालनका लागि सरकारभन्दा पनि माथि हुनेगरी निर्माण गरिएको संयन्त्रमा पौडेललाई राख्दा पनि विरोध गर्नु भनेको यो विरोधका लागि विरोधभन्दा अरु केही होइन । त्यसैले प्रकाशमानको यो विरोध पौडेलको हो या संयन्त्रकै ? यसको जवाफ काँग्रेसका समग्र कार्यकर्ताहरुले खोजिरहेका छन् ।