२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरमा



अ+ अ-

मान्म । कालीकोटका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरमा सञ्चालनमा छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये खाँडाचक्र र रास्कोट नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी र पलाता गाउँपालिकाले भाडाका घरमा कार्यालय सञ्चालन गर्दै आएका हुन् । 

नरहरिनाथ, महावै, पलाता, रास्कोटलगायतका स्थानीय तहले कार्यालय भवन निर्माण सुरु गरे पनि आफ्नै भवनमा सञ्चालन गर्न अझै तीन÷चार वर्ष कुर्नुपर्ने अवस्था रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । “साविकको कुमालगाउँ गाविसको भवनमा गाउँपालिकाले प्रशासनिक काम गरिरहेको भएपनि अन्य शाखा र स्टोर भाडाका घरमा राख्नुपरेको छ”, उहाँले भन्नुभयो, “आफ्नै प्रशासनिक भवन निर्माणको काम थालनी गरिएको छ तर, बन्नका लागि केही समय लाग्नेछ ।”

सान्नीत्रिवेणी गाउँपालिकाले स्थानीय पञ्चदेवल मावि र जनचेतना बहुमुखी क्याम्पसको भवनमा कार्यालय सञ्चालन गरेको चार वर्ष पुगेको र पालिका भवनको अझै टुङ्गो नलागेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताउनुभयो । “विद्यालय र क्याम्पसलाई समस्या नपर्ने गरी केही कोठा प्रयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “भवन बनाउन अहिलेसम्म जग्गाको टुङ्गो लागेको छैन ।”

साविकको मुम्रा, मेहेलमुडी र रकु गाविस मिलेर बनेको यो गाउँपालिकाको वडा नं २ बुठिंगेबाहेक अन्य वडाका पनि आफ्नै कार्यालय भवन छैन । मुम्रा–८ र ९ का कार्यालय पनि डाँफे मावि मुम्राको भवनमा छ । ठाउँ अभावले दुवै वडाको कार्यालय एउटै ठाउँमा राखिएको अध्यक्ष शाहीले बताउनुभयो । कार्यालय सञ्चालन गर्न अन्यत्र ठाउँ नभएपछि शैक्षिक संस्थाको खाली रहेको भवनमा गाउँपालिका सञ्चालन गरिएको उहाँको भनाइ छ । 

खाँडाचक्र नगरपालिकाले करिब चार वर्षअघि आफ्नै भवन बनाउन पहल थाले पनि जग्गा अभावमा प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ । नगरपालिकाले घर भाडामा मात्र वार्षिक करिब रु ३० लाख खर्च गरिरहेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताउनुभयो । “चालु आर्थिक वर्षमा पनि घर भाडाबापत रु ३० लाख प्रस्ताव गरिएको छ”, उहाँले भन्नुभयो, “सदरमुकामस्थित खाँडाचक्र नगरपालिकाले चार वर्षदेखि स्थानीय तीन जनाका घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ ।”

रास्कोट नगरपालिकाले पनि विषयगत शाखा र आठ वटा वडा कार्यालय भाडाकै घरमा सञ्चालन गरिरहेको छ । त्यस्तै, ११ वटा वडा कार्यालयका लागि रु पाँच लाखदेखि सात लाखसम्म बजेट विनियोजन गरेर नगरसभाबाट स्वीकृत भइसकेको छ । 

पचालझरना गाउँपालिकाले अस्थायी टहरा निर्माण गरेर पडेक्षामा कार्यालय सञ्चालन गर्दै आएको छ । प्रशासनिक भवन बनाउनका लागि ठेक्का स्वीकृत भएको गाउँपालिकाका अध्यक्ष खड्क सेजुवालले जानकारी दिनुभयो । रासस