१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्खाइ



अ+ अ-

तिमिले यो कस्तो मोहनी लगायौ, हरेक दिन आउने यो चौबिस घण्टाको समय तिमिलाई सम्झने कै लागि होर ? मलाई त हो जस्तो लाग्न थालेको छ । यी सपना जस्ता दिन तिम्रै झझल्कोमा बिताउन कै लागि होर ? मलाई त हो जस्तै लागेको छ ,

किन मौन छौ ? मौनता तोड न ।अलिकती बोल न । मौनतामा अलिअती मुस्कान दियौ भने ठिक छ ,तर ठुस्स परेर मौन नबस ।

तिम्रै सम्झनामा जतिबेला अनि जति खेर पनि लछ्प्पै भिज्छ यो मन । तिमीसँग बिताएका अमुल्य मिलनको कहानी मेरो हृदयको कुनामा स्मृतीको कलमले कहिल्यै नमेटिले गरि लेखेको छु, तिमिले बुज्न सक्छौ ? तिमी त्यो सुन्दरता , जसलाई तस्विरमा उतार्न म कहिल्यै सक्दिनँ। तिमी त्यो भाव हौ , जसलाई म कहिल्यै कवितामा लेख्न सक्दिनँ ।
   
कुनै मायाको देश हुन्छ भने त्यो देशको राजकुमारि  तिमी हुन्थ्यौ होला, यस्तै सोच्छ मन । मनको कुरा मनैले जानून्, मलाई थाहा छ, तिम्रो उत्तर यस्तै हुन्छ । धेरै महिना भएछ, तिमीलाई नदेखेको । तर, नभेटेकोजस्तो कहिले लाग्दैन, किनकि हृदयमा बसेको मान्छे कहिले हट्छ र कहिले आउँछ भन्ने कुरा नै हुँदैन, हृदयको मान्छे सधैँ हृदयमै हुन्छ । कहिले बच्चा कहिले युवा कहिले प्रौढ अनि कहिले बूढो बनेर यसरी हृदयमा अटाउन सक्नु पनि मजाको कुरा न हो ।
 
अचेल तिम्रो यादको पाठशाला भएर जान्छन्, मेरो मनका कुराहरू । के–के पढ्छौ भनेर कसैले सोध्यो भने जवाफ दिन मन लाग्छ, जिन्दगी पढ्दैछु । कम्ता मजा आउँदैन रहेछ, जिन्दगी पढ्न । कहिले ओहोर गर्छ, कहिले दोहोर । कहिले बतासले हल्लाउँछ, कहिले जिन्दगीका कम्पहरूले । फेरि सोध्न मन लाग्ला तिमीलाई कुन नशा हो ।अरे यार प्रेमको नशा । प्रेमको नशामा हल्लिने मान्छेलाई कुनै नशाले पनि हतपत छुँदैन नि १ मायाको गन्तव्यबाट माया गर्ने जोडीहरु छुटेपछि मायामा बिताएका साथ र पलहरु याद मात्रै बनेर बस्ने रहेछ ।बिछोडमा माया पलपल, सेकेण्ड, मिनेट, घण्टा, रात–दिन, हप्ता, महिना र वर्षमा माया झनै प्रगाढ बन्ने ।

तर यादमा पनि माया नै लुकेको हुने रहेछ । तिमीलाई थाहा छैन होला तिम्रो मायाको आभासमा आज पनि हामीसँगै मायाको गाडीमा भएको अनुभूति गर्छु अनि म सबैथोकमा सुन्दरता र सरलता देख्दछु ।

जटिलता र चुनौतीसँग जुध्न र पार गर्न म भित्र साहस, धैर्य, उर्जा, जोश अनि उमंग पैदा भईदिन्छन् मानु कि म तिमीलाई मेरा मन कसरी आतुर हुन्थे । एउटा फोनकलबाट सुरुवात भएको हाम्रो मित्रता र साक्षात भेटमा नजरको लुकामारी खेल हिजो मात्र जस्तो लाग्छ ।

तिमी म प्रति आकर्षित भएको अनुभूतिसँगै झनै म आकर्षित भईरहेकी थिए । थाहा थिएन तिमीमा के त्यस्तो अद्वितीय शक्ति थियो जहाँ मैले नाई नाई भन्दाभन्दै  आफूमा तिमीलाई  पाए ।

शब्दले व्यक्त नगरी तिमी र मेरो मायाको नाता रातो रंग र रगत भन्दा पनि गाढा कति बेला बन्न पुग्यो त्यो त हामी दुईले थाहा पाउन सकेनौ । धेरै व्यस्तता र ज़िम्मेवारीको बावजुद पनि समय निकाली फोन गर्ने अनि मेरो १–१ मिनेट भनि रोक्ने बानीले ढिलो भइ घरमा बा आमाको गालीमा पनि मज्जा नै लाग्थो  ।

मायाको परिभाषा व्यक्ति अनुसार फरक भएतापनि सबै नाताहरु भन्दामाथि रहेर तर सबै सम्बन्धको भूमिका निभाउन हैसियत राख्ने समान आदार, विश्वास, भरोसा, साथ र काँध सम्बन्धको अटुट मान्यताले गर्दा । 

जब तिमी मेरो जीवनमा मेरो माया बनि आयौ तिम्रो मायाको आभास र साथले वास्तविक संसारमा जिउने कला सिकायो सन्तुष्टि, खुशी, आनन्द र सकारात्मक सोच लिएर । 

समयको अभाव र विविध परिस्थितिवश हामी भेट्न नसक्द प्रश्नचिन्हगुनासो र रिस उठने सवाल नै थिएन तरपनि तिम्रो उपस्थितिमा ति सब कहाँ हराएर जान्थे, खै के तरंग पैदा हुन्थ्यो । तिम्रो मायाको शक्ति नै थियो ।

हरेश र हार मेरो मायाको शब्दकोशमा कहिले थिएन । समय वा दैवको खेल भनौँ कसको नजर लाग्यो हाम्रो मायाको संसारमा । मायाको उद्देश्य र गन्तव्य फरक बन्न पुगे । जुन दिन तिमीले एकल निर्णय गरी हाम्रो सम्बन्ध नरहने र जीवनमा कदापी नभेट्ने घोषणा गर्दा चारदिशा अँध्यारो भई दलदलेधापमा मृत्युलाई अँगालेको आभास गरे मेरा आँखा बाट बहेका आँशुलाई थाम्न सकिन कारण साउन भदौंको भेल झै दर्केका थिए ।

आजसम्म पनि उत्तर पाउन सकेकी छैन तिमीबाट किन समान उद्देश्यको मायाको गाडीबाट मलाई एक्लो बनाई रफ्तारमा तिमी अगि बढ्यौ । परिवार, ईष्टमित्र र समाजको लागी काम र अध्ययनमा हासिल गरेको सफलताले म पूर्ण देखुँला अनि खुशी पनि । तर कसले देख्ने मेरो एक्लोपन, पलपलमा आफूभित्र जलि मरेको, लड्दै–उठदै गरेको मन कसैले देख्न सक्छ र ? सुन्न सक्छ ?

सानु समय र ऋतु आफ्नो समयचक्रमा फर्केर आए तिमी फर्केर आउ । यो मायामा जति पिडा छ उति नै आनन्द पनि । तिमीलाई भुल्न, घृणा र बिर्सन पनि सक्दीनँ । मेरो जीवनको सुन्दर याद हौ तिमी ।

तिमीसँग मायामा बिताएका पलले मलाई आज पनि पछ्याईरहेछ र जिईरहेकी छु ।

जीवनको यादबाट कोल्टो फेर्न चाहन्छु तर खै सक्दीनँ । कारण अर्को कोल्टो फेराईमा पनि तिमी नै छौ । तिम्रो मायाको यादको बाजीमा हारेको म, मौन बनेको म, आज बिन्ती गर्छु तिमीलाई भावना र यादमा होईन् ऋतु झै फर्केर आउ मेरो जीवनमा कारण हिजो जून ठाँउमा छाडेको थियौ ।

आज पनि फर्केर आउँछौ भन्ने आशाको दिप लिई बसेको  छु । यद्यपि यो दिप बतास र तेलको कमीले निभ्न लागेका धिपधिप बत्ती झैँ छ । माया गर्ने जोडीलाई देख्दाको आभासले तिमी भित्र म भई, म भित्र तिमी भई मायाको गाड़ीलाई बढाउँदै र मायाको नौलो आभासमा अटल चन्द्र र सूर्य झै मायाको डोरीले विश्वास र भरोसामा बाँध्दै एक मौका दिई हेरौँ । तिम्रो माया र जवाफ कुरि बसिरहेको छु ।