१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रप्रमुखको सांस्कृतिक सन्देश



अ+ अ-

काठमाडौं ।  तिहारको लक्ष्मीपूजाका दिन राष्ट्रपति भबन शीतल निवासमा एक प्रकारको रमाइलो माहोल देखिन्थ्यो । शीतल निवासको आँगनमा देउसी भैलो भइरहेको थियो । त्यहाँका पुराना कर्मचारी, सुरक्षाकर्मी तथा राष्ट्रपति निवास वरपरको बस्तीका मानिसहरुलाई पनि सायद अनौठा लागेको होला । किनभने यसअघि यस कार्यालय यस्तो कार्यक्रमको आयोजना गरिएको थिएन । यस्तो खालको सांस्कृतिक कार्यक्रम यहाँ पहिलो पटक भएको थियो । त्यस दिन सांस्कृतिक संस्थानका कलाकारहरुका साथै बालमन्दिरका बालबालिकाले राष्ट्रपतिको उपस्थितिमा उहाँ समक्ष नै देउसी भैलो प्रस्तुत गरेका थिए । 

यो कार्यक्रमका विभिन्न पक्षहरु त थिए नै । जस्तो कि  सांस्कृतिक संस्थानका कलाकारहरुले आफ्ना राज्य प्रमुख समक्ष देउसी भैलोको प्रतिभा प्रस्तुत गर्न पाएका थिए । ती कलाकारहरुले त्यस दिनको खुशी व्यक्त गर्ने आफूसँग शब्द नै नभएको भनी बडो भावुकता प्रदर्शन गरेका थिए । अर्कातर्फ  बाल मन्दिरका बालबालिका पनि निकै दंग थिए, खुशी थिए । किनभने उनीहरुले आफ्ना अहिलेसम्मको जीवन कालमा यस्तो अवसर यसअघि कहिल्यै पाएका थिएनन् । 

यसबाहेक पनि सबैभन्दा महत्वपूर्ण कुरा त यहाँ मुलुकको राष्ट्रप्रमुखले दिनुभएको बडो महत्वपूर्ण सांस्कृतिक सन्देश नै हो । जस्तो कि राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले आफैले नाङ्लोमै राखेर नेपालको देउसी भैलोलाई दान दिने शैलीमै सेलरोटी, फलफूल र पैसा दिनुभएको थियो । त्यो दृश्यले नेपालको खास र ठेट शैलीको देउसीको झझल्को दिएको थियो । देउसी खेल्न शीतल निवासको आँगनमा आउनु र राष्ट्रपतिले यो कार्यक्रम हेर्नु या सुन्नु त एउटा कुरा छँदैछ । तर उहाँले देउसीलाई आफैले नाङ्लोमा राखेर एक सर्वसाधारण नारीले जस्तै गरी प्रदान गर्नुभएको दानले नेपालको संस्कृतिको संरक्षण र प्रवर्धनमा राज्य प्रमुखको निकै राम्रो सदासयता सुस्पष्टसँग देखिन्छ ।

उहाँको यो अग्रसरतालाई हर नेपालीले मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । किनभने नेपालको सम्पन्न संस्कृतिलाई अझ बढी धनी बनाइ बचाइराख्नका लागि यसरी राज्यप्रमुखले देखाउनुभएको सदासयताले पक्कै पनि आगामी दिनमा निरन्तरता पाउने नै छ र यसले भावी राष्ट्रप्रमुखहरुका मन मस्तिष्कमा पनि आफ्नो पनको विजारोपण पक्कै पनि गर्ने नै छ ।   

यसको केही समयअघि उहाँ मुक्तिनाथ मन्दिरमा पूजा अर्चनाका लागि पुग्नुभयो । बाहिरबाट समाचारहरु हेर्दा यो उहाँको नितान्त पारिवारिक भ्रमण जस्तै देखिन्थ्यो । किनभने मुक्तिनाथ मन्दिर जाँदा उहाँको सुरक्षामा सुरक्षाको त्यस्तो कुनै लावालस्कर थिएन भने स्थानी नागरिक तथा राजनीतिक नेता तथा सरकारी अधिकारीहरुको त्यस्तै तामझामपूर्ण उपस्थिति थिएन । राष्ट्रपति कार्यालयबाट प्राप्त एक अनौपचारिक सूचनाअनुसार राष्ट्रपतिले नै त्यसो नगर्न भन्नुभएको बुझियो । 

तर उहाँले मुक्तिनाथ मन्दिर पुगेर गरेको पूजा अर्चनाबाट दुई प्रमुख सन्देश दिन खोजेको देखिन्छ । जस्तो कि नेपालको वैदिक हिन्दू सनातन सम्प्रदायका नागरिकका लागि मुक्तिनाथ एक प्रमुख धाम हुन् । यहाँ गरिएको राज्यप्रमुखको यो निष्ठापूर्वक पूजाले त्यो सम्प्रदायका नागरिकहरुका मनमा बडो सकारात्मक उर्जा थपिदिएको छ । किनभने यो समग्र नेपाली नागरिकप्रतिकै सम्मान हो । अर्कोकुरा कोरोना भाइरसको प्रकोपका कारण नेपालका मठमन्दिरहरु बन्द छन् र निकै लामो समयदेखि यहाँ तीर्थयात्रा पनि हुन सकेको छैन । जसका कारण नेपालको धार्मिक पर्यटन पनि नराम्रोसँग घाइते हुन पुगेको छ ।

यस्तो अवस्थामा राष्ट्रपति भण्डारीले नेपाल र विश्वकै तीर्थयात्री एवं पर्यटकहरुलाई नेपालका धार्मिक गन्तव्यस्थलहरु सुरक्षित छन् भन्ने सन्देश पनि दिनुभएको छ । त्यसैले यी दुवै बर्गका नेपाली नागरिकहरुले राष्ट्रपतिको यो भ्रमणलाई सम्मान प्रकट गरेका छन् । मुक्तिनाथको पूजापछि उहाँले गर्नुभएको ढोरपाटनको भ्रमणले पनि नेपालमा पर्यटनका गतिविधिहरुलाई सक्रिय बनाउन सहज भएको महसुस देशका पर्यटन व्यवसायीहरुको छ । 

राष्ट्रपतिबाट हालै सम्पन्न भएको अर्को एक प्रसंशनीय कार्य हो दशैँको नवरथामा गर्नुभएको नवकन्याको पूजा । यस्तो कार्यक्रम पनि सायद अघिल्ला वर्षहरुमा शीतल निवासमा भएको थिएन । राज्य प्रमुखले बालमन्दिरका बालिकालाई ल्याएर गर्नुभएको नवकन्याको पूजाले दिने सन्देश कति सकारात्मक र भावनात्मक महत्वको हुन्छ रु यसको सांस्कृतिक महत्व अझ बढी सम्पन्न छ । नौ दिनका नवदुर्गा देवीस्वरुप उहाँले नौजना कन्याको पूजा गर्नुभएको छ । त्यो पनि बालमन्दिरका बालिकालाई ल्याएर । पहिलो पटक गरिएको यो कार्यको शुभारम्भ नै बडो पवित्र, सकारात्मक र अर्थपूर्ण छ । यसले एकातर्फ राज्य प्रमुखबाट मुलुकको संस्कृति र परम्पराको जगेर्नाका लागि एक महत्वपूर्ण अग्रसरता लिइएको अर्थ दिन्छ भने अर्कातर्फ यस कार्यका लागि बालमन्दिरबाट नै कन्या ल्याउने कार्य आफैमा अद्वितीय र पवित्र हो ।  अनि यस्तो पवित्र कार्यको श्रीगणेश गर्न यदि कोही कसैले सुझाव या परामर्श दिएको भए पनि ती सबै धन्यवादका पात्र हुन् ।       


  
जसरी कुनै पनि घरका घरमूलीले राम्रो कामको थालनी गर्दा त्यसले त्यस घरका सबै सदस्यलाई जति धेरै खुसी प्रदान गर्छ केही दिनयता राष्ट्रपति भण्डारीले थाल्नुभएका यी कार्यले पनि सारा देशबासीलाई खुसी तुल्याएको छ । साथै भोलिका दिनमा पनि यस्ता कार्यले निरन्तरता पाउन् भनी सबै नेपाली नागरिकले उहाँका यी अग्रसरताहरुलाई राष्ट्रप्रमुखका तर्फबाट प्राप्त सांस्कृतिक सन्देशका रुपमा ग्रहण गरेका छन् । जुन राष्ट्रकै लागि एउटा गौरवको विषय हो ।