१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वर्षमा २०० किलोमिटर सडक निर्माण



अ+ अ-

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले पाँच वर्षमा दुई किलोमिटर सडक निर्माण गरेको छ ।

स्थानीय तहको निर्वाचनपछि आएको जनप्रतिनिधिले ग्रामीण क्षेत्रलाई सडक सञ्जालले जोड्ने अभियान अगाडि बढाएको छ । विकास निर्माणमा पछि परेको यो नगरपालिकाका ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने कार्यलाई तीव्र रुपले अगाडि बढाएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका अनुसार सो अवधिमा कृष्णनगरमा ६.५ किलोमिटर कालोपत्र, ६० किलोमिटर आरसिसी र ६० किलोमिटर पिसिसी ढलान सडक निर्माण गरिएको नगरपालिकाका प्रमुख रजतप्रताप शाहले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण विकास निर्माणमा केही समस्या आइपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले ३०० किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएका थियौं, कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका सो लक्ष्य पूरा गर्न सकेनौं, अहिलेसम्म २०० किलोमिटर मात्र सडक निर्माण गर्यौं ।”

उहाँका अनुसार सो अवधिमा नगरपालिका क्षेत्रमा ७० किलोमिटर ग्राभेल, पाँच किलोमिटर नयाँ सडकमा माटो पुर्ने र २५ किलोमिटर नाली निर्माण गरिएको छ । यसैगरी नगरको प्रशासकीय भवन, नगर क्षेत्रमा १० वटा कल्भर्ट, एउटा झुलुङ्गे पुल, छिटौनीमा ठूलो पुल, वडा नं ८ र ९ को वडा कार्यालय भवन निर्माण सम्पन्न गरिएको नगरउपप्रमुख सबनम खातुनले बताउनुभयो । 

शिवराज अस्पतालको शल्यक्रिया भवन, वडा नं १२ मा सहरी स्वास्थ्य क्लिनिक भवन, वडा नं ११ मा स्वास्थ्यचौकी भवन निर्माण कार्य सम्पन्न भएको उहाँको भनाइ छ । कृष्णनगरमा अहिले दुई दर्जनभन्दा बढी स्थानमा विकास निर्माण कार्य भइरहेको छ । त्यस्तै शिवराज अस्पतालमा रु एक करोड ७३ लाखको भवन निर्माणको काम पनि गरेको नगरपालिकाका इञ्जिनीयर प्रदीप चौधरीले बताउनुभयो ।

अहिले कृष्णनगरमा दुई सडक कालोपत्र भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार कृष्णनगरको मडहामा आरसिसी, बहादुरगञ्जमा सडक निर्माण, चैपुरवा पटनामा कालोपत्र, रमवापुरमा आरसिसीको काम भइरहेको छ । सार्वजनिक शौचालयको पनि निर्माण भएको छ । पुर्षोेत्तमपुर, बगहीमा कालोपत्र, सरफरमा आरसिसी सडक, माणामा ट्रस्ट निर्माण र डेबरामा वडा नं ५ को भवन निर्माण कार्य भइरहेको छ । त्यस्तै यहाँका विभिन्न विद्यालयमा ४० कोठा निर्माण सम्पन्न र २९ कोठा निर्माणाधीन अवस्थामा रहेको उहाँको भनाइ छ । उहाँका अनुसार एक दर्जनभन्दा बढी विद्यालयमा शौचालय निर्माण भएको छ ।