४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

गैह्र आवासिय नेपाली संघ बेलायतमा बिभाजन, दुबै समितीमा निर्बिरोध निवार्चित

गैह्र आवासिय नेपाली संघ बेलायतमा बिभाजन, दुबै समितीमा निर्बिरोध निवार्चित
अ+ अ-

दधिराज घिमिरे, बेलायत –

गैह्र आवासिय नेपाली संघ, बेलायतको उमेद्धार दर्ता गर्ने अन्तिम समय सम्म एकताको पहल बिफल भई दुबै समुहले बेग्ला बेग्लै निर्वाचन कार्यलयमा गएर उम्मेद्धारी दर्ता गराएका छन । गैह्र आवासिय नेपाली संघ, बेलायतलाई फुटवाट गुज्रनबाट कसैले रोक्न सकेन । बेलायतमा रहेका गैह्र आवासिय नेपाली संघका सदस्यहरुले यो तितो सत्यलाई आत्मसाथ गर्न बाध्य भएका छन । हिज डा. सुर्य सुबेदीको नेतृत्वमा हुने भनिएको बार्तालाई संस्थापन पक्षले अन्तिम समयमा बहिस्कार गरे पछि एकताको प्रयास बिफल भएको हो । तर संस्थापन पक्ष पनि छलफलको अन्त नभएको बताएको छ । यि बिषयहरुले सार्थकता पाउने देखिदैन । मात्र फुटको अपजस कस्ले बोक्ने भन्नेमा मात्र बहस हो र महेन्द्र कंणेललाई नेतृत्व कुनै हालतमा नदिने भन्ने बिषयलेनै फुटको बिजारोपण गरेको भन्ने कुरालेनै बेलायतबासीहरुको बुझाई रहेको छ । गत अगष्ट १७ मा गैह्र आवासिय नेपाली संघ, बेलायतमा रहेको सदस्य दर्तामा भएको त्रुटीले अहिले दुई समुहमा बिभाजित गरेको छ । यो फुटमा बिभिन्न राजनैतिक संगठनहरु र सामाजिक संगठनहरुमा पनि प्रभाव परेको छ । राजनैतिक पार्टीका मंचहरुमा जनसपर्क मंच बढीमात्रामा दुई धुब्रमा रहेको पाईएको छ । जनसंपर्क मंचका सदस्यहरुको बाहुल्य रहेको योगेन्द्र क्षेत्रिले नेतृत्व गरेको गैह्र आवासिय नेपाली संघ, बेलायतमा देखीएको छ । साथै एनडिएफको पनि यो समुहमा न्यूनको मात्र अनुहार देखीएको छन । केहि एनआरएन कार्य समितीका सदस्यहरु र सल्लाहाकारहरुको प्रतिनिधित्व रहेको छ । सामाजिक सामाजको माहासचिव र केहि सदस्यहरु रहेको छ । आईसिसीमा पार्टीको र एनआरएन कार्य समितीको छापनै पाईयो । यो समितीका अध्यक्ष योगेन्द्र बहादुर क्षेत्रि ब्यवसाहिक पृष्टभूमिको हुनुहुन्छ । अधिकांस संस्थानपक्षको उपस्थिती रहेको यो समितीमा कुनै खालको खुसी र उत्साहा भने थिएन । बेलायतको समाजलाई एकताबद्ध बनाएर लैजने पर्ने र सबैको साझा संगठन हुनु पर्नेमा आफै बिभाजित हुंदा आगमी दिनमा आउने चुनौतिलाई कसरी अगाडी बढ्ने छ हेर्न बांकी छ । रोचक कुरा त के भने दुई लाख भन्दा बढीको बसोबास भएको बेलायतमा गैह्र आवासिय नेपाली संघ, बेलायतका उमेद्धारहरुले दुई बजेको अन्तिम समय सम्म पनि प्रस्तवक र समर्थकको अभाव भएको थियो । यो समुह संग पांच हजार पाच सय सदस्य रहका छन । प्रस्तवक र समर्थकक अभावका बिच पनि उमेद्धार दर्ता गने प्रकृया सकिएको छ ।
गैह्र आवासिय नेपाली संघ, बेलायतलाई परिवर्तन गरीनु पर्छ र सबैको साझा गैह्र आवासिय नेपाली संघ, बेलायतलाई बनाउने तर्फ उन्मुख निर्वाचन समितीले आप्mनो काम गरेको छ । यो समितीमा छ े हजार तिन सय सदस्य रहेका छन । आज सदस्य दर्ता प्रकृयामा बिद्रही भएर होला उत्साही देखीन्थ्ये । सय जनाको हाराहारीमा गैह्र आवासिय नेपाली संघ, बेलायतका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम अत्यन्त सौहार्द देखीएको थियो । उपस्थितहरुले बेलायतमा रहेका संघ सस्थाहरुलाई बेवस्था गरेर गैह्र आवासिय नेपाली संघ, बेलायतको संस्थापन पक्षले आउने दिनहरुमा कस्तो कार्यक्रम अगाडी बढाउछ भनेर बहस गरी रहेका थिए । यो समुहलाई सबै भन्दा ठुलो चुनौति भनेको गैह्र आवासिय नेपाली संघ, केन्द्रले बैधानिक दिन्छकी दिन्न भन्नेनै हो । यदी बैधानिकता नपाएमा बेलायतको समाजमा हलचल मच्चाउने कार्यक्रम गरी रहेको समुहले के गर्छ आगामी कार्यक्रले देखाउने छ । चुनौतीह
दुबै निर्वाचन आयोगले निम्न नामवली प्रकासन गरेको छ ।
अध्यक्ष महेन्द्र कंडेल, उपाध्यक्षद्धय सुर्य नेम्वाङ्ग, हिराधन राई, संयोजक राज कुमार त्रिपाठी, सह संयोजक डम्वर लिम्बु, कोषाध्यक्ष ठाकुर प्रसाद शर्मा, सदस्यहरु तिल कुमारी लिम्बु, धर्म तामाङ्ग, योगेस राई, मिन बहादुर रानाभाट, उत्तम राई, बिष्णु वाग्ले, हरी गुरुङ्ग, बुद्धिराम थापा मगर, ललित न्यौपाने, आई. सि. सि. सदस्यहरु तेज राई कैलास नेपाल, कर्ण शाही, बिज्ञान प्रसाई, बिनोद ज्ञावाली रहनु भएको छ ।
अध्यक्ष योगेन्द्र बहादुर क्षत्री ,उपाध्यक्ष कृष्ण तिद्धिलसिन , बाल बहादुर गरुङ्ग, राष्ट्रिय संयोजक योग कुमार फगामी, राष्ट्रिय सह संयोजक सगिंता मरहठ्ठा, कोषध्यक्ष डासु पाण्डे, सदस्यहरु हरी बहादुर थापा, गोपाल बहादुर गुरुङ्ग, जय प्रकास गरुङ्ग, अर्जुन कुमार कटुवाल, भीम गुरुङ्ग, राम बाहादुर गलामी, फडिन्द्र भट्टराई आई सि.सी. सदस्यहरु श्रेुरेन्द्र बहादुर श्रेष्ठ, सुष्मा लिम्बु राई, थर्क सेन, बिजन भट्ट, पसुमति भण्डारी रहनु भएको छ ।