२ भाद्र २०८३, मंगलवार
,
Latest
औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः सांसद खातुन वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न माग विजय थापाको ‘आँसु बिक्ने सहर’ सार्वजनिक मकवानपुर स्कारपियो दुर्घटना : उपचारका क्रममा एक महिलाको मृत्यु सरकार जनसरोकारका मुद्दामा गैरजिम्मेवार बनेको अध्यक्ष राईको आरोप विपद् व्यवस्थापनदेखि परराष्ट्र नीतिसम्म सरकारको कार्यशैलीमाथि वर्षमान पुनको प्रश्न गाँजा खेतीलाई वैधानिकता दिन सांसद राईको मागः ‘यो आर्थिक समृद्धिको बलियो आधार’
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईमा दशैं र बकर इद



अ+ अ-

दुबई / सहयोग उत्थान मञ्च युएईले हिन्दुहरुको महान चाड बडा दशैं तथा मुसलमान धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा बृहत शुभ(कामना साथै पिकनिक कार्यक्रम दुबईको सफा पार्कमा सम्पन्न गरेको छ।
“सद्भाव र उत्थानका लागि एकता” भन्ने मूल नारा सहित सुरु भएको जातिय भेदभावको आधारमा सबैभन्दा पछाडी पारिएका समुदायका बीच एकता र नेपालमा रहेका विप्पन्न वर्गको उत्थानका निम्ति एकीकृत प्रयास गर्ने अभियान स्वरुप स्थापना भएको मञ्चले युएईको विभिन्न क्षेत्रबाट उपस्थित जातिय भेदभावको आधारमा पछाडी पारिएका समुदाय लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार साथै कलाकारहरुको अपूर्ण जमघटले नेपाली राजदुताबास अबुधाबीबाट पाल्नु भएका महामहिम राजदुत धनन्जय झाको हातबाट बडा दशैँको टीका ग्रहण गरेका थिए।
नेपालका राष्ट्रिय कलाकार युबराज हिङ्गमाँग,स्थानीय लोक गायक गोपी कृष्ण पंगेनी,गायक प्रविन बिक लगायतका कलाकारहरुको आकर्षक सांगीतिक प्रस्तुतिले सहभागीहरुलाई कम्मर मर्काइ(मर्काइ नाच्न बाध्य तुल्याएको थियो ।
भेला जमघटमा परम्परागत तरिकाले हुने गरेको लामो औपचारिक कार्यक्रम भन्दा विल्कुलै फरक पाराले प्रस्तुत गरिएको शुभकामना कार्यक्रममा सहयोग उत्थान मञ्च,अन्तराष्ट्रिय समन्वय समितिका सह संयोजक बाबुराम विश्वकर्माले छोटो स्वागत मन्तव्य दिनु भएको थियो।
कार्यक्रमका अतिथि महामहिम राजदुत झा ले बडा दशैंको उपलक्ष्यमा शुभकामना दिंदै “हामीले पछाडी पर्नुका आफनै कारणहरु पनि पहिल्याउनु पर्छ र समाजमा कसरी अगाडी बढन सकिन्छ,त्यतातिर केन्द्रित् हुनु पर्छ” भन्ने किसिमको संदेश दिनु भएको थियो ।
कार्यक्रमका संयोजक तथा सहयोग उत्थान मञ्च अन्तराष्ट्रिय समन्वय समितिका संयोजक टीका दत्त शिवाले आफ्नो मनतब्यका क्रममा हामी मात्र राजनीतिक रुपमा पछाडी परेका छैनौ, हाम्रा राजनीतिक, सामाजिक, आर्थिक,शैक्षिक, धार्मिक लगायत सबै क्षेत्रमा पछि परेका छौं भने हाम्रो देश पनि अन्य देशको तुलनामा सबै क्षेत्रमा पछि परेको छ। त्यसैले हामीले हाम्रो समुदायको उत्थानका निमित्त प्रयास गर्नु आफ्नो परम कर्तव्य र दायित्त्व हो, यहि सामाजिक दायित्वलाई पुरा गर्न सहयोग उत्थान मञ्चको जन्म भएको हो जुन गैर राजनैतिक चरित्रको संगठन हो भने समतामुलक र उन्नत नेपाली समाजको निर्माणमा टेवा पुर्याउनु नै यस संगठनको उदेश्य रहेको छ जसको सुरुवात युएईबाट भएको छ भने संसारभर फैलिदै नेपालमा नै कार्यक्षेत्र बनाई त्यहाँ जातिय भेदभावको आधारमा सबैभन्दा पछाडी पारिएको समुदाय तथा विपन्न वर्गको उत्थानको निमित्त योगदान पुर्याउनु नै रहेको छ साथै वहाँले यस पवित्र अभियानमा जुटन सबैलाई आग्रह गरेका थियो ।
कार्यक्रममा हेल्प राइजर सुरेश परियार को कृति कविता सङ्ग्रह “विहानी” महामहिम राजदुत झा बाट विमोचन गरिएको थियो। कार्यक्रममा कविता संग्रहको केहि कविताहरु समेत वाचन गरिएको थियो । विहान ११ बजे देखि शुरु भएको खानपिन, नाचगान, शुभकामना बेलुकी अबेर सम्म भएको थियो।