• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

चिसोले छोएन दुइ युवालाई



काठमाडौं, ९ पुस । समाज सेवाका सिलसिलामा अष्ट्रेलियाका दुइ जना युवाले माइनस २५ डिग्री तापक्रम भएको हिमालमा पर्वतारोहण गर्ने भएका छन् । छ हजार एक सय ८९ मिटर उचाइ रहेका एम्जात्से हिमालमा अष्ट्रेलियाका डनी रोबर्टर्स क्लार्क र डेभिड ग्रिचले पर्वतारोहणको तयारी गरेका हुन् ।
अनलाइन चौतारीसँगको कुराकानीमा डेभिडले प्रकृतिको सुन्दरता सँगसँगै समाज सेवाको क्रममा आफुहरु पर्वतारोहण गर्न लागेको बताए । भ्रमणको क्रममा उनीहरुले पोखरामा रहेको एक विद्यालयमा नयाँ भवन बनाउनका लागि ४० हजार डलर सहयोग समेत गर्ने भएका छन् ।

अष्ट्रेलियाका यी दुइ युवाहरु बिभिन्न च्यारीटीमा पनि सहभागी हुने गरेका थिए । त्यसबाट उठेको रकम उनीहरुले अनाथहरुलाई सहयोग गर्ने गरेका छन् ।
उनीहरुले यसअघि २०१२ मा सगरमाथाको आधारशिबिर पनि पुगेका थिए ।
हिमाल भ्रमण लगायत उनीहरुको ब्यवस्थापनको जिम्मेवारी हिमालयन एक्सपेरियन्स अष्ट्रेलियाले गरेको छ ।