• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

आगोको मुस्लो सहितको विमान काठमाडौंमा अवतरण



काठमाडौं, १४ पुस । भारतको मुम्बर्इबाट काठमाडौं आउँदै गरेको जेट एयरवेजको विमानमा एक्कासी आगो लागेको छ ।
विमानमा चरो ठोक्किएका कारण इञ्जिनमा आगो लागेपछि आगोको मुस्लो सहित विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएको छ । आगो लागेपनि विमान सकुशल अवतरण भएको र यात्रुहरु विमानबाट ओर्लिएको विमास्थलका अधिकारीले जनाएका छन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार जेट एयरवेजको जहाज ९W२६८ ललितपुरको हात्तीवन माथिको आकाशमा आइपुग्दा धुँवाको मुस्लो निस्किएको थियो ।
विमानस्थल नजिकै रहेकाले विमान सफलतापूर्वक ल्याण्ड भएको छ ।
‘विमानमा ठोक्किएको चराको मासुका टुक्राहरु इञ्जिनमा देखिएको छ भने प्राविधिकहरुले थप जाँच गरिरहेका छन् ।