• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थप ★   छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ ★   भ्रष्टाचार अभियोगमा मुद्दा दायर ★   धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा ★   हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर ★   ‘डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत लागेको थियो ★   चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ: गभर्नर अधिकारी ★   रन्जिताविरुद्ध रेशमको मुद्दामा मिसिल झिकाउन आदेश ★   सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित ★   हैदराबादको प्रदर्शनले निराश देखिएकी को हुन् यी सुन्दरी ?

विन्डोज १० जुलाइमा सार्वजनिक हुने



 

माइक्रोसफ्ट कम्पनीको नयाँ संस्करणको अपरेटिङ सिस्टम विन्डोज १० अर्को महिना सार्वजनिक हुने भएको छ । माइक्रोसफ्टले आउँदो जुनाई २९ देखि विन्डोज १० अपरेटिङ सिस्टमयुक्त पर्सनल कम्प्युटर तथा ट्याबलेटको बिक्रि सुरु हुने जानकारी दिएको छ र सोही दिनदेखि विन्डोज प्रयोगक

तर स्मार्टफोन, एक्सबक्स गेम्स उपकरण तथा अन्य किटहरुका लागि भने केहीपछि मात्र विन्डोज १० उपलब्ध हुने बताइएको छ । विश्लेषकहरुका अनुसार विन्डोज १० को सार्वजनीकिकरण माइक्रोसफ्टको भाग्य निर्धारणमा महत्वपूर्ण हुनेछ ।

अहिलेसम्मको सबैभन्दा पछिल्लो अपरेटिङ सिस्टम विन्डोज ८ का कारण विन्डोज प्रयोगकर्ताबाट निकै आलोचना बेहोरिरहेको माइक्रोसफ्टले विन्डोज १० को प्रयोगपछि उपभोक्ताहरु सन्तुष्ट बन्ने विश्वास गरेको छ ।

निकै लोकपि्रय विन्डोज ७ मा उपलब्ध रहेका कतिपय फिचर्सहरु विन्डोज ८ मा हटाइएकोमा माइक्रोसफ्टले ती फिचर्सहरुलाई विन्डोज १० मा पुनरागमन गर्दै उपभोक्ताको मन फर्काउने कोसिस गरेको छ ।

माइक्रोसफ्टको अपरेटिङ सिस्टम विभागका उपाध्यक्ष टेरी मेर्सनले एक ब्लग पोष्टमा लेखेका छन्, ‘हामीले विश्वका १ सय ९० देशका डेढ अर्ब विन्डोज प्रयोगकर्ताका लागि नयाँ पुस्ताको विन्डोज सिर्जनागर्ने अभिप्रायका साथ विन्डोज १० डिजाइन गरेका हौँ ।’

उनका अनुसार विन्डोज १० मा विन्डोज ७ मा जस्तै स्टार्ट मेनु रहनेछ । त्यस्तै माइक्रोसफ्टको नयाँ वेब ब्राउजर एजका साथै एक्सबक्सबाट पिसी तथा ट्याब्लेटमा भिडियो गेम स्टि्रमिङ गर्ने नयाँ एप पनि विन्डोज १० मा उपलब्ध हुने बताइएको छ ।

माइक्रोसफ्टको विन्डोज १० एन्ड्रोइड तथा एप्पललको आइओएसले कब्जा गरेको ट्याब्लेटको अपरेटिङ सिस्टमको बजारमा जबरजस्त प्रवेश गर्ने अन्तिम अवसर हुने विश्लेषकहरुले बताएका छन् ।