६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी नेता टंकमणिको सवारी दुर्घटनामा मृत्यु



अ+ अ-

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को सवारी दुर्घटनामा परी मृत्यु भएको छ । दाङबाट बुटवल आउने क्रममा गएराति ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए ।

घाइते बन्जाडेको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान साढे बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

माओवादीको सशस्त्र द्वन्द्वदेखि नै भूमिगत राजनीतिमा होमिएका बन्जाडेको निधनले पार्टीले एक असल र इमानदार कार्यकर्ता गुमाएको माओवादी नेताहरुले बताएका छन् । सहिद स्मृति प्रतिष्ठान बुटवलका अध्यक्षसमेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्जसमेत हुनुहुन्थ्यो ।

अर्घाखाँची धारापानीमा जन्मिएका ५५ वर्षीय बन्जाडेका श्रीमती, एक छोरा र एक छोरी छन् ।