४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उग्र स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग – गृह



अ+ अ-

काठमाडौँ, भदौ २३ । गृह मन्त्रालयले संयुक्त मधेसी मोर्चाको नेतृत्वमा भइरहेको आन्दोलनमा प्रहरीले आत्मरक्षा र उग्र स्थितिलाई नियन्त्रण गर्न बल प्रयोग गर्नुपरेको जनाएको छ ।

प्रान्तीय सीमाङ्कनको विषयलाई लिएर तराई मधेसमा जारी आन्दोलनमा स्थिति असहज भएपछि प्रहरीद्वारा चलाइएको गोली लागेर आज चारजना प्रदर्शनकारीको मृत्यु भएको घटनाबारे प्रस्ट पार्दै मन्त्रालयले सो कुरा जनाएको हो ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्वारा आज साँझ जारी विज्ञप्तिमा प्रदर्शनकारीले पूर्व पश्चिम राजमार्ग खण्डमा रुख ढाल्ने, ढुङ्गामुढा थुपारेर सडक अवरुद्ध गर्ने र प्रहरीमाथि ढुङ्गा प्रहार गरी स्थितिलाई तनावपूर्ण बनाएको उल्लेख छ ।

“तनावपूर्ण स्थितिमा प्रहरीले आत्मरक्षा र उग्र स्थितिलाई नियन्त्रणमा राख्न बाध्य भई बल प्रयोग गर्दा पोर्ताहा–१ बस्ने रामकृष्ण राउतको मृत्यु हुन गएको छ” – विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा महोत्तरीमा मधेसी मोर्चाका अराजक, उत्तेजक र नेतृत्वविहीन बन्दकर्ताले जिल्ला न्यायाधीशको निवासमा आगजनी तथा जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेको गरेको जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गर्दा तीनजनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको मन्त्रालयले बताएको छ ।

विराटनगर रानीस्थित सीमावर्ती भन्सार कार्यालय नजिकको प्रहरी बिटमा बन्दकर्ताले तोडफोड गर्न खोजेको र पाँचजना सुरक्षाकर्मीमाथि पेट्रोल छर्की आगो लगाउन खोज्दा सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार महोत्तरी सदरमुकाम क्षेत्रमा स्थानीय प्रशासनले बेलुकी ८ बजेदेखि निषेधाज्ञा कफ्र्यु जारी गरेको छ । साथै, आन्दोलनका क्रममा घाइते भएकालाई थप उपचारका लागि काठमाडौँ ल्याउन हेलिकप्टर त्यसतर्फ पठाइएको मन्त्रालयले जानकारी दिएको छ । रासस