३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

वार्ताबाट समाधान खोज्न र संविधान सुनिश्चित गर्न एमालेको आह्वान

वार्ताबाट समाधान खोज्न र संविधान सुनिश्चित गर्न एमालेको आह्वान
अ+ अ-

काठमाडौँ, २३ भदौ । नेकपा ९एमाले० ले तत्काल आन्दोलनको विकल्प खोज्न र वार्ताका माध्यमबाट समाधान निकाली संविधान निर्माणलाई सुनिश्चित गर्न आन्दोलनरत पक्षलाई आह्वान गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता, मधेसका पार्टी नेता र सभासद्सहितको उपस्थितिमा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज गरिएको पत्रकार सम्मेलनमा सो आह्वान गरिएको हो ।

झण्डै एक महिनादेखि जारी तराई–मधेसको बन्दबाट एमाले गम्भीर भएको जनाउँदै अध्यक्ष ओलीले जुन क्षेत्रमा जनताका नाममा यो आन्दोलन हुँदैछ, त्यहीँका जनतालाई पीडा कसरी उचित हुनसक्छ भन्दै आन्दोलनमा सङ्लग्न जनताका जायज मागप्रति आफूहरु संवेदनशील रहेको तर कतिपय पक्षले आन्दोलनलाई संविधान बन्न नदिने अस्त्रको रूपमा प्रयोग गरेको धारणा व्यक्त गर्नुभयो ।

“कतिपयले आन्दोलनलाई पृथकतावादी र साम्प्रदायिक स्वरूप दिन खोजिरहेका छन् । जबर्जस्ती हिंसा भड्काएर निहित स्वार्थपूर्तिका लागि भावनात्मक आधार निर्माण गर्न खोजिरहेका छन् । हामी आन्दोलनरत जनसमुदायलाई शान्तिपूर्ण, लोकतान्त्रिक र उपयुक्त विधिबाट अगाडि बढ्न र तपाइँहरूको भावनाको गलत उद्देश्यका निम्ति दुरुपयोग हुन नपाओस् भन्ने कुरामा सजग रहन आह्वान गर्दछौं”–अध्यक्ष ओलीले भन्नुभयो, “संविधान स्वयंमा गतिशील दस्तावेज हो र सङ्घीयता आफैमा विकासवान् प्रक्रिया हो । संसारमा सबै लोकतान्त्रिक प्रणालीहरूको विकास यसैगरी नै हुँदै आएको छ । सङ्घीयताको अभ्यास गरिरहेका मुलुकहरूले पनि अनुभवकै आधारमा सङ्घीयतालाई निरन्तर परिमार्जित, गतिशील र समृद्ध बनाउँदै सफलताको बिन्दुसम्म ल्याइपु-याएका हुन् ।”

अध्यक्ष ओलीको हस्ताक्षरमा जारी प्रेस वक्तव्यमा बहुभाषिक–बहुसांस्कृतिक–बहुधार्मिक र बहुलवादी मान्यता, लैङ्गिक समानता एवम् छुवाछुत तथा जातीय विभेदको अन्त्य जस्ता अग्रगामी कदमका आधारमा समाजका सबै समुदायको अधिकार, समानता र पहिचानको स्थापना गर्ने प्रबन्ध संविधानको मस्यौदामा गरिएकाले त्यस्ता महत्वपूर्ण विषयको उपेक्षा गरेर सङ्घीयतालाई मात्रै राज्य पुनःसंरचना ठान्ने तथा खास समुदायलाई लाभ हुने खालको ढाँचालाई मात्रै सङ्घीयता ठान्ने र त्यसो भएन भने संविधान निर्माणलाई नै अवरोध गर्नु जानी–नजानी यथास्थितिवादी र प्रतिगामीलाई मात्रै फाइदा पु-याउनु हो भनिएको छ ।

एकल जातीय पहिचानमाथि आधारित भएर या हिमाल–पहाड र तराई–मधेसलाई पूर्ण रूपले अलग गरेर प्रदेश निर्माण गर्नु देश र जनता कसैको पनि हितमा हुन नसक्ने जनाउँदै उहाँले मस्यौदाका कमीहरूलाई सङ्घीय आयोगको सिफारिसमा आगामी दिनमा परिवर्तन गर्दै जान सकिने भएकाले सीमाङ्कनको विषयलाई लिएर भावनामा नबग्न तथा संविधान निर्माणमा अवरोध सिर्जना र सामाजिक सद्भाव खल्बलिने काम कतैबाट पनि हुन नदिन आग्रह गर्नुभयो ।

एमालेलाई मधेसी, थारु र अरु कतिपय समुदाय विरोधीका रुपमा चित्रण गर्ने षडयन्त्रकारी प्रचारलाई अस्वीकार गर्दै उहाँले सम्भव हुने उचित र जायज माग संविधान निर्माणको चालु प्रक्रियामै सम्बोधन गर्न सकिने भएकाले अन्तिम विन्दुसम्म पनि वार्ताबाट समस्याको समाधान खोज्न र संविधानको पक्षमा अधिकतम सहमति जुटाउन पार्टी निरन्तर क्रियाशील रहने बताउनुभयो ।

मधेस केन्द्रित केही दल संविधानसभाबाट बहिरिएको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले मधेसको जनमत आफ्नो पार्टीसँग पनि रहेको भन्दै मधेसी जनता संविधान बन्नु हुँदैन भन्ने पक्षमा नरहेकाले उल्लेख गर्नु भयो ।

एमालेको गढ मधेस भएको उल्लेख गर्दै उहाँले संविधान जारी पछि पार्टी मधेसमा सद्भाव निर्माणका लागि खटिने जानकारी दिनुभयो । रासस ९श्रव्य सामग्री उपलब्ध छ०