६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा प्रकाशमान कमजोर, सभापति र प्रतिनिधि नै गुमाए



अ+ अ-

सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको भनिएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँमै कमजोर देखिएका छन् । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सिंहले सभापति पदमा उम्मेदवारी दिने तयारी गरिरहेको बताएका छन् । 

प्रकाशमानको आफ्नो आधार भनेको काठमाडौँ उपत्यका हो भनिएको छ । उनले आफूले काठमाडौँ उपत्यकाका अधिकांश प्रतिनिधिको मत प्राप्त गर्ने दाबी गरिरहेका छन् । तर पनि उपत्यका त परै जाओस् उनले काठमाडौँ जिल्लाकै मत मात्र पनि सुरक्षित गर्न सकिरहेका छैनन् । 

केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोटका लागि सम्पन्न भएका सोमबार र मंगलबारका परिणामहरु हेर्दा यस्तो देखिएको हो । उनले कामठाडौँका निर्वाचन क्षेत्रहरुमध्ये एकपछि अर्काे गर्दै गुमाउँदै गएका छन् । यो परिणाम हेर्दा लाग्छ उनले आगामी महाधिवेशनमा देशका अरु जिल्ला त के काठमाडौँबाट नै मत पाउन गाह्रो छ । 

हिजो सम्पन्न काठमाडौँको क्षेत्र नं ५ को निर्वाचनमा उनले सभापति नै गुमाएका छन् । क्षेत्र नं ५ का निर्वाचित सभापति श्यामबहादुर खड्का संस्थापन पक्षका हुन् । यतिमात्र होइन, क्षेत्र नं ५ का अरु प्रतिनिधिहरु पनि देउवा पक्षका नै आएका छन् । सो क्षेत्रका एक महाधिवेशन प्रतिनिधिले भने– यहाँबाट निर्वाचित भएका २६ जनामध्ये २० जना प्रतिनिधि नै देउवाका छन् । 

यसअघि पनि प्रकाशमानले क्षेत्र नं ९ मा यस्तै परिणाम व्यहोर्नुपरेको थियो । उनले क्षेत्र नं ९को ख क्षेत्रमा त सभापतिको उम्मेदबार नै पाएका थिएनन् । सिंहले उम्मेदबार समेत नपाएपछि देउवा समर्थित राजेन्द्र प्रसाद भट्टराइको प्यानल नै निर्वाचित भएको थियो । 

त्यसैगरी सोही क्षेत्रको प्रदेश सभा क क्षेत्रमा पनि सभापतिमा देउवा समर्थित मोहन बस्नेत अध्यक्षमा आएका थिए । यी दुवै क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरु पनि देउवा समर्थित नै आएका थिए । यो परिणाम हेर्दा प्रकाशमान सिंहले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदबारी दिने कि नदिने भन्ने विषयमा दुविधामा रहेका उनका एकजना समर्थकले जनाएका छन् ।