३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

‘खानै नदिई बलात्कार गरे’

‘खानै नदिई बलात्कार गरे’
अ+ अ-

काठमाडौं, भदौ २५ । भारतमा साउदी अरबका कूटनीतिज्ञबाट यौन शोषणामा परेका दुई नेपाली महिला नेपाल आइपुगेका छन् । ३० र ५० वर्षका उनीहरूलाई बिहीबार दिउँसो दिल्लीबाट हवाईमार्ग हुँदै स्वदेश ल्याइएको हो ।

दिल्लीनजिकै हरियाणाको गुडगाउँस्थित साउदी कूटनीतिज्ञको घरमा दुई नेपाली युवतीलाई बन्धक बनाई चरम शारीरिक र मानसिक शोषण गर्ने गरेको सूचनाका आधारमा स्थानीय प्रहरीले सोमबार छापा मारेर उनीहरूलाई मुक्त गरेको थियो ।

दुई महिनादेखि सामूहिक बलात्कारसँगै शारीरिक र मानसिक शोषणमा परेका उनीहरूले नेपाल फर्काउन आग्रह गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी त्यहाँस्थित नेपाली दूतावासको संयोजनमा उनीहरू बिहीबार दिउँसो नेपाल ल्याइएको हो ।

नेपाल आइपुगेका दुवै महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो संरक्षणमा लिएको छ । उनीहरूलाई वैदेशिक रोजगारीको आवरणमा पाशविक व्यवहार गर्ने साउदी कूटनीतिज्ञकोमा पुर्‍याउने समूहको खोजी सुरु गरेको ब्युरो प्रमुख डिआइजी हेमन्त मल्लले जानकारी दिए ।

बागलुङकी ५० वर्षीया महिलाका छोराछोरी सबै हुर्किइसकेका थिए । छोराछोरीले वास्तै गर्र्न छाडेपछि उनी घरेलु कामदारका रूपमा साउदी जान मानव तस्करको सम्पर्कमा पुगेकी थिइन् ।

अर्की मोरङकी ३० वर्षीया महिला भने पति अपरेसन गरेर थलिएपछि घर खर्च जुटाउन वैदेशिक रोजगारीमा जान तयार भएकी थिइन् । दुवै महिला छुट्टाछुट्टै रूपमा वैदेशिक रोजगारमा पठाउने समूहको सम्पर्कमा पुगे पनि दलाल भने एकै थिए । उनीहरूलाई महिला दलालले नै मासिक ३० हजारको तलब पाउने प्रलोभन देखाई दिल्ली लगेर २ लाखमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

दुवै महिलाबारे अनुसन्धान गरिरहेकी ब्युरोकी एसपी किरण बज्राचार्यका अनुसार मानव तस्करीमा सक्रिय समूहले जेठ ४ मा दुईमध्ये ५० वर्षकी महिलालाई काठमाडौं–दिल्लीको सीधा बसबाट उता पुर्‍याएको थियो । अर्की महिलालाई नेपालगन्जको रुट हुँदै दिल्ली पुर्‍याइएको थियो ।

दिल्लीमा यी दुवै महिलालाई लिन एकै व्यक्ति आएका थिए । दुवै महिलालाई होटलमा राखिएको थियो । अहिले बलात्कार, शारीरिक र मानसिक हिंसामा अनुसन्धान भइरहेका साउदी कूटनीतिज्ञले दुवै महिलालाई दिल्लीको एक होटलमा भेटेको उनीहरूको बयानमा खुलेको एसपी बज्राचार्यले जानकारी दिइन् ।

बज्राचार्यका अनुसार प्रारम्भमा उनीहरूलाई दिल्लीको होटलबाट साउदीको फ्ल्याटमा लगेर घरेलु काममा लगाइएको थियो । भारतीय मिडियाले उनीहरूलाई अनवर र कल्पना नाम गरेकाले साउदी कूटनीतिज्ञलाई बिक्री गरेको दाबी गरे पनि ब्युरोले भने गिरोहमा संलग्नको पहिचान खुलाएको छैन ।

मुम्बई–श्रीलंका–साउदी–दिल्ली
दिल्लीको होटलबाटै साउदी कूटनीतिज्ञको घरमा काम पाए पनि उनीहरूलाई त्यहाँ एक साता मात्र राखियो । एक सातापछि दलालले उनीहरूलाई हवाईमार्गबाट मुम्बई लगेर एक साता होटलमा राखेका थिए ।

‘मुम्बईबाट उनीहरूलाई श्रीलंका लगेर एक साता राखेको देखियो,’ एसपी बज्राचार्यले भनिन्, ’त्यसपछि दलालले उनीहरूलाई श्रीलकांबाट साउदी अरब पुर्‍याए ।’

साउदीमा उनीहरूलाई होटलमै राखियो । दिल्लीमा उनीहरूलाई हेर्न आएकै व्यक्ति पुनः साउदी पुगेका थिए । उनले दुवै नेपाली महिलालाई त्यहाँ एक महिना राखेर परिवारसहित पुनः दिल्ली ल्याएका थिए ।

नेपाली महिलालाई दिल्लीमै घरेलु काममा लगाउँदा कानुनी अड्चन हुन सक्ने आशंकाले साउदी कूटनीतिज्ञले उनीहरूलाई दलालमार्फत साउदी पुर्‍याएर पुनः दिल्ली ल्याएको प्रहरीको अनुमान छ ।

दिल्लीमा पुरानै स्थानमा घरेलु कामदारका रूपमा लगिएपछि दुवै महिलामाथि मानसिक र शारीरिक शोषण सुरु भएको थियो । उनीहरूलाई घर बाहिर जान पूर्ण प्रतिबन्ध थियो भने मोबाइल लगायतका कुनै पनि सम्पर्क हुन सक्ने साधन प्रयोगमा रोक लगाएर शारीरिक र मानसिक शोषण गरेको दुवैले ब्युरोलाई बयान दिएका छन् ।

‘घरको सामान्य काम हो भनेका थिए तर दिल्ली ल्याएपछि उनीहरूको व्यवहार फेरियो,’ पीडित महिलाको बयान उद्धृत गर्दै प्रहरी अधिकारीले भने, ‘खान दिएनन्, दिनभर काममा लगाए अनि पटक–पटक बलात्कार गरे ।’

नैनिताल लगेर सामूहिक बलात्कार
पीडित महिलाको बयानअनुसार घरमै रहँदासमेत डिप्लोम्याट लगायतका घरका सदस्यले दुवै महिलामाथि पटक–पटक बलात्कार गरेका थिए । यतिमा मात्रै उनीहरूको राक्षसी व्यवहार रोकिएन । साउदी कूटनीतिज्ञले उनीहरूलाई भारतको नैनिताल पुर्‍याए र पाहुनाहरूबाट बलात्कार गराए ।

साउदी कूटनीतिज्ञ, उनको परिवारका सदस्य र पाहुनाले दुवैसँग जबर्जस्ती प्राकृतिक–अप्राकृतिक सम्बन्ध राख्ने र शारीरिक यातना दिने गरेको प्रारम्भिक बयानमा खुलेको एसपी बज्राचार्यले जानकारी दिइन् । ‘दुवैको शरीरभरि चुरोटले पोलेको दाग छ,’ बज्राचार्यले भनिन्, ‘उनीहरू मानसिक रूपमा निकै कमजोर छन् ।’

भगवान् भइन् दार्जिलिङकी युवती
उनीहरूमाथि पाशविक व्यवहार गर्ने साउदी कूटनीतिज्ञको घरमा कामदारका रूपमा तेस्री महिला आइपुगिन् नीतु । केही दिन बस्दा घरका सदस्यले यी दुवै महिलामाथि गरेको व्यवहार देखेपछि उनी भागिन् । भाग्दा उनले आफ्नो मोबाइल यी दुई महिलालाई दिएकी थिइन् ।

महिलासम्बन्धी काम गर्ने भारतीय संस्था माइती इन्डियाको कार्यालयमा गएर नीतुले साउदी कूटनीतिज्ञको घरमा हुने सबै घटनाबारे जानकारी गराइन् । उनकै जानकारीका आधारमा माइती इन्डियाले स्थानीय प्रहरीसँग समन्वय गरेर दुवै नेपाली महिलाको उद्धार गरेको थियो ।

स्थानीय प्रहरीसहित माइती इन्डियाका बालकृष्ण पाण्डे दुवै महिलाको उद्धारमा गए पनि घरभित्र प्रवेश गर्न झन्डै २ घन्टा लागेको थियो । साउदी कूटनीतिज्ञको परिवारले प्रहरीलाई समेत दुर्व्यवहार गर्दै कानुनी रूपमा साउदीबाटै दुवै महिलालाई ल्याएको दाबी गर्दै लैजान नपाउने भन्दै अवरोध गरेका थिए । उनीहरू दुवै आफ्नो आफन्त भएकाले भेट्न आएको बताएपछि पाण्डे बल्लतल्ल घरभित्र प्रवेश गरे । त्यसपछि दुवैको उद्धार भयो ।

श्रीलंका नयाँ रुट
मानव तस्करीबारे अनुसन्धान गर्दै आएकी एसपी बज्राचार्यले यी दुवै महिलाबाट पछिल्लो समय नेपाली युवतीलाई गैरकानुनी रूपमा खाडी देशमा लैजान सक्रिय समूहले श्रीलंकाको रुट प्रयोग गर्ने गरेको खुलेको बताइन् ।

उनका अनुसार यसअघि नेपाली युवती तस्करीमा श्रीलंकाको रुट देखिएको थिएन । नेपाली स्थलमार्ग प्रयोग गरी भारतीय विमानस्थलबाट हवाईमार्ग प्रयोग गरी खाडी मुलुक जान ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएपछि तस्कर समूहले श्रीलंकाको रुट प्रयोग गरेको उनको निष्कर्ष छ ।

उद्धार गरी नेपाल ल्याइएका दुवै महिलाका अनुसार खाडी मुलुक जान श्रीलंका पुर्‍याइएका धेरै नेपाली महिला बिचल्लीमा परेका छन् । नेपाली दलालको समूह नै त्यहाँ सक्रिय रहेको उनीहरूबाट खुलेपछि ब्युरोले अनुसन्धानका लागि श्रीलंकाको प्रहरीसँग समन्वयको तयारी गरेको छ ।

कूटनीतिज्ञविरुद्ध नेपालमा मुद्दा
भारतीय प्रहरीले साउदी कूटनीतिज्ञविरुद्ध सामूहिक बलात्कार गरेको, मानसिक यातना दिएको, खान लाउन नदिई बन्धक बनाएको लगायतका विषयमा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

यता, ब्युरोले उनीहरूलाई अवैध रूपमा साउदी अरब हुँदै दिल्लीको साउदी कूटनीतिज्ञसम्म पुर्‍याउने दलाल समूहको खोजी सुरु गरेको छ । योसँगै प्रहरीले चरम यौन शोषण गर्ने साउदी कूटनीतिज्ञलाई समेत प्रतिवादी बनाएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

‘मानव बेचबिखनको मुद्दा अन्तर्रा्ष्ट्रिय हुन्छ र यस्तो घटना जुन देशमा घटे पनि त्यसमा संलग्नलाई प्रतिवादी बनाउन सकिन्छ,’ एसपी बज्राचार्यले भनिन्, ‘नेपाल आइपुगेका २ महिलाको बयानमा साउदी कूटनीतिज्ञको संलग्नता खुले प्रतिवादी बनाउन सकिन्छ ।’