९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा तीन घन्टा निषेधाज्ञा हट्यो



अ+ अ-

महोत्तरी, भदौ २५ । महोत्तरीको जलेश्वरलगायत जिल्लाको बलवा, बनौटासहितका ठाउँमा स्थानीय प्रशासनबाट लगाइएको अनिश्चितकालीन निषेधाज्ञा शुक्रबार बिहान ३ घन्टाका लागि हटाइएको छ ।

बुधबार राति ८ बजेदेखि जिल्ला सदरमुकाम जलेश्वरसहित बलवा र बनौटा गाविसमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा शुक्रबार बिहान ६ देखि ९ बजेसम्मका लागि हटाएको जानकारी प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले दिए ।

आम नागरिकको दैनिक उपभोगका किनमेल तथा तराई मधेसको संस्कृतिअनुसार नित्यकर्म गर्न घरबाहिर जानैपर्ने कुरालाई ध्यानमा राख्दै बिहान तीन घन्टाका लागि निषेधाज्ञा हटाएको उनले बताए ।

बुधबार प्रहरीको गोली लागी जलेश्वरमा तीन आन्दोलनकारीको मृत्यु भएपछि उग्र बन्दै गएको जिल्लाको अवस्थालाई देखेर स्थानीय प्रशासनले जलेश्वरसहित जिल्लाको बलवा र बनौटा गाविसमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । रासस