९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा दंगाग्रस्त क्षेत्र घोषणा



अ+ अ-
फाइल फोटो

सप्तरी, भदौ २५ । जिल्ला सुरक्षा समिति सप्तरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत कोसी ब्यारेजदेखि कमला बलानसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रजिअ वीरेन्द्र यादवको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । प्रजिअ यादवका अनुसार पूर्वपश्चिम राजमार्गको पूर्वमा कोसी ब्यारेजदेखि पश्चिममा कमला बलान र कदमहादेखि उदयपुर जाने बाटाको आसपास क्षेत्रमा विहीबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

तीन दिनदेखि मधेसी दलका कार्यकर्ताले हिंसात्ममक प्रदर्शन, आगजनी र पूर्वपश्चिम राजमार्गका ठाउँ ठाउँमा ढुंगा र रुख ढालेर सडक अवरुद्ध गरेका छन् । राजमार्गका विभिन्न ठाउँमा अहिले हजारौँको संख्यामा सवारी साधन पूर्वको इटहरी र पश्चिमको लहानमा अलपत्र परेका छन् । रासस